अछाम : नेपाली कांग्रेस क्षेत्र नं. १ प्रदेश सभा क ले यहि असार १३ गते प्रदेश सभा सम्मेलन गर्ने भएको छ । सोमबार साँफेबगरमा बसेको बेठकले १३ गते प्रदेश सभाको प्रदेश सम्मेलन गर्ने निर्णय गरेको हो ।
प्रदेश क का सभापती महेश खड्काको सभापतित्वमा बसेको बैठकले बैठकले सुदुर पश्चिम प्रदेशमा हुने प्रदेश सम्मेलनका लागि ५ जना प्रतिनिधि छनौट समेत गरेको छ ।
बैठकमा सुदुर पश्चिम प्रदेश सदस्य रुपा आउजी प्रमुख अथिति र महासमेती सदस्य अर्जुन ताम्राकार, महासमिती सदस्य जयन्द्र स्वार बिशिष्ट अथिति रहेका थिए ।
बैठकमा महाधिवेशन प्रतिनिधि तथा साफेबगर नगर प्रमुख राजेन्द्र कुंवर, क्षेत्रीय सभापति कृष्ण बुढा, जिल्ला सदस्य सुरत ब कुंवर र राम ब कुंवरको सहभागीता रहेको थियो ।
प्रतिक्रिया