अछाम । पहाडबाट तराई र दुर्गमबाट सुगमतिर हुने बसाइँसराइले अछामका गाउँबस्ती सुनसान बन्दै गएका छन् । दूरदराजका गाउँठाउँमा भौतिक विकास र अवसरको सम्भावना कम हुँदा मानिसहरु आफ्नो पुर्ख्यौली थातथलो त्यागेर धमाधम सुगमतिर बसाइँ सरिरहेका छन् ।
मुलुकले अपनाएको संघीय शासन प्रणालीले यस्तो बसाइँसराइ रोक्ने कुनै पहल देखाएको छैन । बसाइँसराइले खास गरेर गाउँघरलाई मानवविहीन बनाउँदै लगेको छ । आर्थिक रुपमा सक्षम परिवार थप सुविधाका लागि बसाइँ सरिरहेका छन् भने बिपन्नहरु रोजीरोटीकै लागि गाउँबाट पलायन भइरहेका छन् ।
कृषिमा लगानी अनुसारको प्रतिफल नपाउनु, गाउँमा राम्रो स्कुल–कलेज र अस्पताल नहुनु जस्ता कारणले बसाइँसराइ बढाएको छ । अछाम जिल्लामा पनि बसाई सराई गर्नैको संख्या धमाधम बढेको छ ।
चौरपाटि गाउपालिका वडा नं ५ का स्थानीय कृष्ण खड्काका आनुसार बसाइसराईले कृषी कार्यमा जन शक्तिको अभाव, खेतीयोग्य जमिन बाजोमा परिणत.,गाउँमा खाद्यन्न असुरक्षा,जङ्गली जनावरको विगविगी,विद्यालयमा न्यून विद्यार्थी संख्या भै विद्यालय बन्द हुने अवस्था,परम्परागत चाडपर्व जस्तै होरी ,पुतला,भुवा लगायतका पर्वहरू लोप हुने अवस्थामा पुगेका उँहाले बताउनु भयो । यस्तै गाउँमा चरम भ्रष्टाचार र अनियमितता वृद्धि ,मौलिक भाषा संस्कृति र मूल्यमान्यता लोप हुने अवस्थामा,बस्ती जंगलमा परिणत हुँदा गाउँको शोभा गुम्दै गएकोले गाउँबस्ती उजाड र नियास्रो लाग्ने बन्दै गएको उँहाको भनाई छ ।
अछाम जिल्लाको चौरपाटि गाउपालिका बाट २०७९देखि २०८० असार मसान्तसम्म १ सय १९ परिवारका ४ सय १७ जनाले बसाइँ सरेर गएको तथ्यांक छ । गाउपालिकाको वडा नं बाट १ सय २२ परिवार ५९ जना वडा नं २ बाट १४ परिवारका ३५ जना ,वडा ३ बाट १५ परिवारका ४२ , वडा नं ४ बाट ३६ परिवारका १ सय ५८ जनाले बसाइँ सरराई गरेका छन । यसैगरी वडा नं ५ बाट १३ परिवारका ४७ जना , वडा ६ बाट ८ परिवारका ३५ जना , वडा नं ७ बाट ११ परिवारका ४१ जनाले बसाई सरेको तथ्यांक छ ।
यसैगरी आर्थिक वर्ष २०८० सालमा पालिका बाट १ सय परिवारका ५ सय ७९ जनाले बसाइँ सरेको तथ्यांक छ । पालिकाको वडा नं १ बाट ४० परिवारका १ सय १३, वडा नं २ बाट २४ परिवारका ७३ जना , वडा नं ३ बाट २२ परिवारका का ९२ जनाले बसाइँ सरेको तथ्यांक छ । यसैगरी वडा नं ४ बाट ५१ परिवारका १ सय ९५ जना, वडा नं ५ बाट २२ परिवारका ७३ जना, वडा नं ६ बाट १ परिवारका ३ जना र वडा नं ७ बाट ११ परिवाका ३० जनाले बसाइँ सरेको तथ्यां छ ।
यस्तै साँफेबगर नगरपालिका बाट २०७९ देखि २०८० असार मसान्तसम्म सम्म १ सय ४२ परिववारका ३ सय ८१ जना, मंगलसेन नगरपालिका बाट १ सय ६२ परिवारका ५ सय २२ जना ,पञ्चदेवल बिनायक नगरपालिका बाट , १ सय १६ परिवारका ३ सय ७८ जना , कमल बजार नगरपालिकाबाट ३ सय ३७ परिवारका १ हजार ९१ जनाले बसाई सराई गरेको तथ्यङक छ ।
यस्तै मेल्लेख गाउपालिका बाट ९८ परिवारका ३ सय २३ जना , बान्नीगढी जैगढ गाँउपालिका बाट १ सय ६ परिवारका ३ सय ५३ जना ,ढकारी गाँउपालिका बाट १ सय १९ परिवारका ३ सय ५० जनाले बसाई सरेका छन । यस्तै तुर्माखाद गाउपालिका बाट २ सय ८७ जना रामारोशन गाउपालिका बाट १ सय ४२ परिवारका ३ सय ८१ जनाले सरेको तथ्यांक छ ।
चौपाटि गाउपालिका अध्यक्ष भिम बहादुर साँउदले बसाइँसराइ रोक्न शिक्षा, स्वास्थ्य, सडक खानेपानि जस्ता आधारभूत कुरामा नागरिकको सहज पहुँच बनाउन स्थानीय तह लागि परेको बताए ।
पालिकाको धेरै ठाँउमा सिचाई सुविधा नभएका कारण खेतीपाती नहुने ठाँउमा माटो परीक्षण गरेर मौसम अनुसारको फलफुल खेत गर्नै योजना रहेको बताए । खानेपानिको समस्या भएको ७ वटै वडामा खप्तड बाट काला गाग्रा को पानि ल्याए खाने पानीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।
आर्थिक रुपमा सक्षम परिवार थप सुविधाका लागि बसाइँ सरिरहेका छन् भने बिपन्नहरु रोजीरोटीकै लागि गाउँबाट पलायन भइरहेका छन् । कृषिमा लगानीअनुसारको प्रतिफल नपाउनु, गाउँमा राम्रो स्कुल–कलेज र अस्पताल नहुनु जस्ता कारणले बसाइँसराइ बढाएको छ । स्थानीय सरकारहरुले विकासका विभिन्नखाले योजनाहरु ल्याएपनि बसाइँसराइ नै रोक्ने कुनै दीर्घकालीन योजना र लक्ष्य भने छैन ।
प्रतिक्रिया