मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बि.पी. स्मृति दिवस : नेपाली काँग्रेस बाजुरा कोल्टीद्वारा वृक्षारोपण

बि.पी. स्मृति दिवस : नेपाली काँग्रेस बाजुरा कोल्टीद्वारा वृक्षारोपण


बाजुरा : नेपाली काँग्रेसका संस्थापक सभापति पहिलो जन निर्वाचित प्रधानमन्त्री विपी कोइरालाको शनिबार ४१ औं स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस बाजुरा कोल्टीले वृक्षारोपण गरेको छ ।

नेपाली काँग्रेस बाजुरा र बुढीनन्दा नगर कार्य समितिको आयोजनामा रेडियो अपि र प्राथमिक स्वास्थ्यको पछाडी विभिन्न प्रजातीका बोट बिरुवा रोपेको नेपाली काँग्रेस बाजुराका उपसभापति नारायण पाध्याले जानकारी दिएका छन् ।

पार्टीका संस्थापक र प्रथम जन निर्वाचित प्रधानमन्त्री कोइरालाले गरेका योगदान र तपस्यालाई स्मरण गर्दै मृत्युवरण गरेको ४१ औं स्मृति दिवसमा वृक्षारोपण गरेको उपसभापति पाध्याले बताए ।

वृक्षारोपण कार्यक्रममा नेपाली काँग्रेस बाजुराका उपभापति नारायण पाध्या, जिल्ला कार्य समिति सदस्य मोहन कार्की, बुढिनन्दा नगरपालिका नगर उपसभापति नगर कार्यबाहक सभापति डम्बर रोकाया, नेपाली काँग्रेस प्रदेश कार्य समिती चक्र बहादुर कार्की, बुढिनन्दा नगर कार्य समिती सदस्य सर्पदेव बोगटी, दलित प्रतिनिधि बिरलाल ढोली बुढिनन्दा नगर कार्य समिति सदस्य केआइशिङ बोहरा, जगन्नाथ गाउँ कार्य समिती सभापति सुन्दर बिष्ट,स्वामिकार्तिक खापर गाउँपालिका वडा न ३ का वडा सभापति देबिलाल खत्री, महिला नेत्री बिनकला बिष्ट , पवि बिष्ट , योगमाया गिरी , मैना महतारा , ईस्वरी कुमारी देवकोटा नेविसंघ नेता महेन्द्र बहादुर बिष्ट नेपाली काँग्रेस बुडिनन्दा नगरपालिका १ का वडा सचिव नरहरी जैशी लगाएत तरुण दल दलित,संघ,महिला संघको बाक्लो उपस्थिति रहेको थियो ।