मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम सहित देशका ३६ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

अछाम सहित देशका ३६ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

सुदूर आज

अछाम : आज शनिवार ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, संखुवासभा, सप्तरी, सिराहा, धनुषा, सर्लाही, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ भएर बहने नदी तथा खोलामा बहाब बढ्न सक्ने पूर्वानुमान छ ।

यस्तै गोरखा, लमजुङ, कास्की, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, सल्यान, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर अछाम, डोटी, डडेलधुरा, बाजुरा, बझाङ, बैतडी, दार्चुला र आसपास भएर बहने केही नदीमा बहाव बढ्नसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यी क्षेत्र भई बहने साना नदी तटीय क्षेत्रहरूमा सामान्य सतर्कता आवश्यक छ ।

आज र भोलि ९आइतवार० देशका प्रमुख नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहने भए पनि बढ्दो हुने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सोमवारबाट कोशी, नारायणी, कर्णाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्ने सम्भावना छ ।

साउन २३ सम्म कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिमराप्ती, बबई र यसका केही स(साना सहायक नदीलगायत चुरे र तराई भई बहने केही साना नदीमा जलसतह सतर्कता तह पुग्न सक्ने पूर्वानुमान महाशाखाको छ । यी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइराख्न महाशाखाल आग्रह गरेको छ ।