अछाम : जिल्लाको तुर्माखाँद गाउँपालिका -६ रानीवनकी विस्ना देवी विक पहिले ज्याला मजदुरी गरेर छोराछोरीको पालन पोषणसँगै शिक्षा दीक्षाको जोहो गर्थिन । त्यही निकै हम्मे हम्मे हुने गरेको उनको मानसपटलमा अहिले पनि ताजै रहेको बताउँछिन्।
ज्याला मजदुरी गरेर भए पनि साँझ बिहानको छाक टार्नै मुस्किल हुने गर्थ्यो । तर,पछिल्लो समय उनका दुःखका दिन हट्दै गएका छन् । डसिए नेपालको साझेदारी र सोसेक नेपालद्वारा तुर्माखाँदमा सञ्चालित गिफ्ट परियोजना लागु भएपछि उनका दिनहरू फेरिँदै गएका छन् ।
पहिले सामान्य खेती किसानी गरेर गुजारा चलेको थियो । विगतमा यहाँका कृषकहरूले सामान्य तरिकाले व्यवसाय गर्दे आएका थिए । तर, पछिल्लो समय सोसेकको सहयोगपश्चात् यहाँका कृषकको दैनिकी बद्लिँदै गएको वडा अध्यक्ष टीकाराम न्यौपाने बताउँछन् । विगतका वर्षहरूमा कृषकले सामान्य तरिकाले व्यवसाय गदै आउनुभएको थियो,’उनले भने, ‘ सोसेक नेपालद्वारा गिफ्ट परियोजना लागु भए पश्चात् यहाँका कृषकका दिनहरू फेरिँदै गएका छन् ।
गिफ्ट परियोजनाबाट बाख्रा गिफ्ट पाएपछि कृषकहरू खुसीसँगै व्यावसायिक बाख्रा पालनमा होमिएको कृषि प्राविधिक हिक्मेन्द माझीले बताए ।
उनका अनुसार यस भन्दा पहिले दाढे कुनिगडा बाख्रा पालन तथा कृषक समूहका १७ जना कृषकलाई ५ वटा का दरले बाख्रा वितरण गरिएको थियो । बाख्रा वितरण पश्चात् कृषकहरू मिलेर बाख्रा पालन सुरु गर्नु पर्छ भनेर समूहमा छलफल भयो र छलफल पश्चात् समूहमा बाख्रा पालन गरेपछि अहिले निकै राम्रो भएको दाढे कुनिगडा बाख्रा पालन तथा कृषक समूहका कोषाध्यक्ष जौदरा देवी विक बताउँछिन् । पहिलेभन्दा अहिलेको अवस्थामा धेरै परिवर्तन आएको छ,’उनले भनिन, ‘ पहिले छोरा छोरी पढाउन लेखाउन हम्मे हम्मे हुन्थ्यो । ज्याला मजदुरी गरेर पनि मुस्किलले पढाइन्थ्यो लेखाइन्थ्यो । तर, अहिले संस्थाका साथ पाएपछि त्यो अवस्था हटेको छ । ’
सोसेक नेपालले बाख्रा सहयोग पश्चात् बाख्रा पालन व्यवसाय राम्रै आम्दानी हुने गरेको छ । सोसेक नेपाले आफूहरूलाई ठुलो सहयोग गरेको र सोसेक नेपाललाई कृषकको मन मुटुमा बस्न सफल भएको यहाँका कृषकहरूको भनाई रहेको छ । विगतका वर्ष भन्दा अहिले आम्दानी स्रोत पनि बढ्दै गएको कोषाध्यक्ष विकको भनाई छ ।
तुर्माखाँद गाउँपालिका वडा नम्बर -६ का वडाध्यक्ष टिकाराम न्यौपानेले सोसेक नेपालले कृषकलाई बाख्रा मात्र दिएर ठुलो सहयोग गरेको बताए । बाख्रासँगै कृषि र शिक्षामा पनि केही सहयोग र कार्यक्रम फेरि पनि दिएको भए हुन्थ्यो,’उनले बताए, ‘ सोसेक नेपाल तुर्माखाँद गाउँपालिका अछाममा थप कार्यक्रम ल्याएर आउँछ भन्ने आस गरेको छु ।’
प्रतिक्रिया