मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेल्लेख स्वास्थ्य चौकीको गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न

मेल्लेख स्वास्थ्य चौकीको गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न


लालबहादुर चदारा : स्वास्थ्य चौकी मेल्लेखको ०७९/०८० को गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । मेल्लेख स्वास्थ्य चौकी बाट प्रवाह हुने सेवामा सुधार ल्याउन तथा स्वास्थ्य क्षेत्रका समस्य समाधानका लागि कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमका सहभागीहरूले मेल्लेख गाउपालिका वडा नम्वर ५ विन्देवासिनि स्वास्थ्य चौकिले गाउघर किल्निक खोप केन्द्र ब्यापस्थापन गर्नु पर्ने लगाएतका सुझाव दिएका छन् ।

मेल्लेख गाउपालिका कार्यबाहक अध्यक्ष तथा स्वास्थ्य ब्यावस्थपन समिति अध्यक्ष प्रकाश अधिकारीले गुनासोको जति सक्दो चाडो ब्यावस्थावन गरिने प्रतिबद्धता जनाए । कार्यक्रममा जनता नमुना माध्यमिक बिद्यालय व्यवस्थापन समितिले अध्यक्ष वीर बहादुर साउद, नेपाली काग्रेस वडा सभापति मोति सि साउद, नेकपा एमाले वडा कमिटी अध्यक्ष जोगि बोहरा, जनता नमुना मा बिका नि प्रअ तेज बहादुर साउद लगायतले सुझाव राखेका थिए ।

मेल्लेख गाउपालिका वडा न ५ का वडा अध्यक्ष तथा स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष प्रकाश अधिकारीको अध्यक्षतामा भएको गुनासो सुनुवाइ कार्यक्रम संचालन स्वास्थ इन्चार्ज बिरेन्द्र शाहले गरेका थिए ।

स्थानीय जनप्रतिनिधि स्वास्थ्य सरोकारवालाहरुको सहभागिता रहेको कार्यक्रमको सहिजिकरण पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्रीले गरेका थिए।