मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृष्णपुर न.पा. कञ्चनपुरमा दोस्रो राष्ट्रिय बाल सहभागिता दिवस मनाइयो

कृष्णपुर न.पा. कञ्चनपुरमा दोस्रो राष्ट्रिय बाल सहभागिता दिवस मनाइयो


कञ्चनपुर । जिल्लाको कृष्णपुर नगरपालिकामा दोश्रो राष्टिय बाल सहभागीता दिवस मनाईएको छ । महिला तथा बालबालिका शाखा कृष्णपुर नगरपालिकाको आयोजना तथा नेपाल राष्ट्रिय समाज कल्याणसंघको समन्वयमा दिवस मनाइएको हो ।

दिवसको अवसरमा अन्र्तक्रिया कार्यक्रम र बाल सहभागीता कार्यविधि निर्माणका लागि नगरपालिकालाई ज्ञापन पत्र समेत बुझाईएको छ । कृष्णपुर नगरपालिकाका उपप्रमुख द्रौपदी रानाको प्रमुख आथित्यतामा सम्पन्न भएको अन्र्तक्रिया कार्यक्रममै सहभागी बाल कल्बका टोलीहरुले उपप्रमुख मार्फत नगरप्रुखलाई १ बुदे बाल सहभागिता सम्वन्धि कार्यविधि निर्माणका लागि ज्ञापन पत्र बुझाएका थिए ।

कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख तथा अधिकृतहरु, नेपाल राष्ट्रिय समाज कल्याण संघका कार्यक्रम संयोजक तथा कर्मचारीहरु, वल्र्ड भिजन ईन्टरनेसनल नेपालका फिल्ड संयोजक लगायत बाल कल्बका पदाधिकारीहरु, बाल संजालका पदाधिकारीहरु सहभागी रहेका थिए । यस्तै वडाका सबै बाल क्लबका प्रतिनिधिहरु, बाल संजालका प्रतिनिधिहहरु सहभागी भएका थिए ।

कार्यक्रममा सहभागी बाल कल्वका सदस्यहरु सबैले बाल अधिकार सुनिश्चिताका लागि स्थानिय सरकार संवेदनशिल र जिम्मेवार हुनु पर्ने र त्यसका लागि यथासिघ्र बाल सहभागिता सम्वन्धि कार्यविधि निर्माणका लागि जोडदार माग गरेका थिए ।

नेपालको सर्वोच्च अदालतले २०५८ श्रावण २५ गतेका दिन बाल बालिका संगठित हुन पाउने अधिकारलाई कानुनी मान्यताको फैसला गरेको दिनको सम्झनामा बाल बालिकाको क्षेत्रमा कार्यरत सामाजिक संस्थाहरुको साँझा संगठन कन्सोर्टियमले गत बर्ष देखी मनाउन थालेको राष्ट्रिय बाल सहभागिता दिवस कृष्णपुर नगरपालिका यस पटक दोस्रो राष्ट्रिय बाल सहभागिता दिवसको रुपमा मनाईएको हो ।