कञ्चनपुर : जिल्लाको कृष्णपुर नगरपालिकाका बिभिन्न १५ वटा बिद्यालयलाई शैक्षिक सामाग्री बितरण गरिएको छ । नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुरद्धारा वल्र्ड भिजन ईन्टरनेसनल नेपालको सहयोगमा शैक्षिक सामाग्री वितरण गरिएको हो ।
कृष्णपुर नगरपालिकामा संचालन गर्दै आइरहेको समावेशी गुणस्तरिय शिक्षा परियोजना अन्र्तगत नगर प्रमुख हेमराज ओझा मार्फत कृष्णपुर नगरपालिका कञ्चनपुरका १५ वटा विद्यालयमा शैक्षिक सामाग्रीहरु वितरण गरिएको जनाईएको छ ।
परियोजनाले सहकार्य गरिरहेका १५ विधालय मध्ये ५ वटा विद्यालयका बाल विकास केन्द्रहरुलाई प्रति केन्द्र ६ का दरले ३० वटा सिकाई कुना रर्याकहरु र ५ वटा सुज रयाकहरु, १५ वटै विद्यालयमा कक्षा १ र २ का लागि प्रति विद्यालय २ वटा बुक रर्याकहरु ग्रि ३० वटा बुक रर्याकहरु र ७ वटा विद्यालयहरुलाई बाल सहज सिकाई शैक्षिक सामाग्री ९भ्ऋम् mबतभचष्बकि० नगर प्रमुखद्धारा हस्तान्त्रण गरिएको वल्र्डभिजनका प्रतिनिधि सुरज शर्माले बताए ।
आधारभूत तहमा अध्ययनरत अति जोखिममा रहेका बालबालिकाहरुको समावेशी र गुणस्तरिय शिक्षामा समतामुलक पहुँचमा सुधार ल्याउने लक्ष्यमा संचालित कृष्णपुरका ५ वटा वडामा संचालन भइरहेको सो परियोजना मार्फत वितरण भएका शैक्षिक सामाग्रीले समावेशी शिक्षा र विधार्थीहरुको दिगो सिकाईमा टेवा पुरयाउने विश्वास रहेको आयोजक संस्थाका कार्यक्रम संयोेजक रामेश्वर जैरुले बताए ।
शैक्षिक सामाग्री अन्र्तगतको सहयोग मार्फत चार लाख असी हजार बराबरको सामाग्री वितरण भएको पनि संयोजक जैरुले बताए । कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझा, वल्र्डभिजनका प्रतिनिधि सुरज शर्मा लगायत लक्षित विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति शैक्षिक सामाग्री वितरण गरिएको थियो ।
प्रतिक्रिया