अछाममा २० वर्ष नपुग्दै आमा बन्ने किशोरीको संख्या बढ्दै गएको पाइएको छ । स्वास्थ्य कार्यालय अछामको तथ्यांक अनुसार तीन वर्षको अवधिमा ३ हजार ८ सय २ जना २० वर्षमुनिका किशोरी गर्भवती भएका छन् ।
जिल्लामा गत आर्थिक वर्ष २०७७/७८ मा ७ सय ४ जना २०७८/७९ मा ५ सय ५५ जना २०७९/०८० मा ४ सय ७३ जना किशोरी गर्भवती भएको तथ्यांकले देखाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय अछामको तथ्यांक अनुसार गत आर्थिक वर्षमा २० वर्ष नपुग्दै गर्भजाँच गराउने अर्थात आमा बन्नेको संख्या कुल ७ सय ८४ जना रहेकोमा सबैभन्दा बढी रामारोशन गाउपालिकामा १ सय २२ जना र सबैभन्दा कम बान्नीगढी जगगढ गाउपालिकामा २७ जना किशोरी रहेका छन् ।
साँफेबगर नगरपालिकामा ८४ जना, मंगलसेनमा ५४ जना, पंचदेवल विनायक नगरपालिकामा ९४ जना कमलबजार नगरपालिकामा ९२ जना किशोरी गर्भवती भएका छन ।
तुर्माखाँद गाउपालिकाका १ सय १७ ,चौरपाटी गाउपालिकामा ५४ जना , मेल्लेख गाउपालिकामा ५३ जना ,ढकारी गाउपालिकामा ८७ जना किशोरी गर्भवती भएका तथ्याङ्कले देखाएको छ ।
२०७८/०७९ मा साँफेबगर नगरपालिकामा ६७ जना, मंगलसेनमा ४४ जना, पंचदेवल विनायक नगरपालिकामा ३० जना कमलबजार नगरपालिकामा ६५ जना किशोरी गर्भवती भएका छन ।
चौरपाटी गाउपालिकामा ४४ जना ,मेल्लेख गाउपालिकामा ३४ जना , बान्नीगढी जगगढ गाउपालिकामा १७ जना तुर्माखाँद गाउपालिकामा ८६ जना रामारोशन गाउपालिकामा ९८ जना , ढकारी गाउपालिकामा ७० जना किशोरी गर्भवती भएका तथ्याङ्कले देखाएको छ ।
२०७९/०८० मा साँफेबगर नगरपालिकामा ६१ जना, मंगलसेनमा ३० जना, पंचदेवल विनायक नगरपालिकामा २४ जना कमलबजार नगरपालिकामा ३६ जना किशोरी गर्भवती भएका छन ।
रामारोशन गाउपालिकामा १ सय १८ जना, चौरपाटी गाउपालिकामा ३४ जना , मेल्लेख गाउपालिकामा ३५ जना , बान्नीगढी जगगढ गाउपालिकामा १६ जना तुर्माखाँद गाउपालिकामा ७१ जना, ढकारी गाउपालिकामा ४८ जना किशोरी गर्भवती भएका छन् ।
अछाममा हालसम्म बालबिवाहको एकिन तथ्य नभएपनि २० वर्ष नपुग्दै गर्भजाँच गराउने किशोरीहरुको संख्या हेर्दा बालबिवाहको अबस्था अझै भयाभव रहेको देखिन्छ ।
शिक्षा, चेतनाको अभाव तथा गरिबी , ईटरनेटको बढ्दो प्रयोग लगाएतका कारण दुरदराजमा मात्र नभई शहर बजारमा पनि अझै बालबिवाहको समस्या बढ्दो छ ।
जसका कारण सानै उमेरमा बच्चा जन्माउने आमा बन्ने र शिक्षा, स्वास्थ्य,रोजगारका अबसरबाट बन्चित हुनुपर्नेमा बाध्यता कायमै रहेको छ ।
२० वर्ष नपुग्दै बच्चा जन्माउँदा आमा र बच्चा दुवैको स्वास्थ्यमा असर गर्ने अनुगमन तथा मुल्याङकल अधिकृत प्रसान्त पंगेनीले बताए ।
सानो उमेरमै बच्चा जन्माउँदा गर्भपतनको जोखिम उच्च हुने , शारीरिक विकास राम्रोसँग नहुने भएकोले गर्भपतनको जोखिम उच्च हुने , लाज, डरले गर्दा किशोरीले आइरन चक्की नखाने हुनाले रक्तअल्पता जस्ता समस्या हुने गरेको स्वास्थ्यकर्मिहरुको भनाई छ ।
बच्चा कम तौलको हुने,अपाङग ,सुस्त मनस्थित लगाएतका समस्या देखिने गरेको छ । हाम्रो समाजमा चलिआएको सामाजिक संस्कार तथा मूल्य मान्यताका , गरिबी, अशिक्षा र चेतनाको अभाव जस्ता कारणले यसमा प्रत्यक्ष असर परेको महिला अधिकारकमी पशुपती कुँवरले बताईन् ।
पारिवारिक जिम्मेवारी बढ्ने, मानसिक तनाव बढ्ने, स्वतन्त्रताको कमी हुने जस्ता सामाजिक बन्धनले गर्दा किशोरीहरुले बालविबाह गर्ने गरेको उनके भनाई छ ।
अशिक्षा र चेतनाको अभाव तथा बालविवाहसम्बन्धी विद्यमान ऐनकानुन प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्नुले पनि यसमा प्रभाव परेको उनको बुझाई छ ।
बालविबाह निउनिकरण गर्नेका लागि बालबालिका लाई इच्छा अनुसार शिक्षाको ग्यारेन्टी गरिनु पर्ने , आर्थिक अवस्था कमजोर भएर बिद्यालय जान छोडेका बालबालिकाहरुको पहिचान गरी निशुल्क पठनपाठनको पहल गरेमा , किशार किशोरीलाई सशक्त बनाउन जीवन उपयोगी सिपहरु प्रर्दान गर्नै गरेमा ,बालविवाह गर्ने र गराउने लाई कडा सजाय दिएमा , बालविवाह विरुद्ध चेतनाका अभियान चलाउने लगाएतका कार्य गरेमा बालबिवाह रोक्न सकिने उनको भनाई छ ।
बालविवाह गरेमा गल्तीको प्रकृति हेरी (जबर्जस्ती वा ललाइफकाई) विवाह गराउने घरपरिवार वा नातेदार समेतलाई कारबाही हुने कानुनि प्रावधान रहेको अधिवक्ता खड्क बहादुर खड्काले बताए ।
२० वर्ष नपुगी विवाह गर्दा केटा र केटीको मञ्जुरी नै भए पनि कानुनी रूपमा त्यसले मान्यता नपाउने सम्मको प्रावधान रहेको उनको भनाइ छ । साथै कसैले बालविबाह गरेमा विवाह स्वतः बदर हुने, कसुर गर्ने व्याक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने जानकारी दिए ।
सरकारले कानुन नै बनाएर विवाह गर्ने उमेर २० वर्ष तोके पनि त्यसको कार्यान्वयन प्रभावकारी नहुँदा सानैमा विवाह गर्ने प्रवृत्तिलाई रोक्नु ठूलो चुनौती देखिएको छ ।
प्रतिक्रिया