मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पतालमा एकै दिन ५ जनको सफल शल्यक्रिया

बयालपाटा अस्पतालमा एकै दिन ५ जनको सफल शल्यक्रिया


“अस्पतालमा ऐपेण्डिक्स, हाईड्रोशिल र हर्नियाका अप्रेसन पुन: सुचारु”

पूर्ण बहादुर खड्का, अछाम : सुदूरपश्चिमको पहाडी जिल्ला अछाममा रहेको बयालपाटा अस्पतालमा एकै दिन ५ जनाको सफल शल्यक्रिया (अप्रेसन) भएको छ । बाजुरा, डोटी र अछामका बिभिन्न ठाँउबाट थप उपचारका लागि रेफर भई आएका उनिहरुको बयालपाटा अस्पतालमा सफल शल्यक्रिया (अप्रेसन) भएको हो ।

‘५ जनाकै हात हातको हड्डी भाँचिएपछि उनिहरुको अप्रेसन गरेर रड राख्नु पर्ने थियो’ उपचारमा संलग्न टिमको नेृतत्व गरिरहेका डा. बिज्ञान लामिछानेले भने, ‘हामीले पालै पालो अप्रेसन गर्न सफल भयौँ ।’

‘अप्रेसन गर्नको लागि हामी संग २ वटा सेट मात्र छ’ डा. लामिछानेले भने, ‘तर पालै पालो गरेर भएपनि हामीले उनिहरुको सफल अप्रेसन गर्यौँ ।’

श्रोत र साधन अभावका बिच एकैदिन ५ जनाको अप्रेसन हुन डा. लामिछाने आफैले पनि उपलब्धी मानेका छन् ।’ दुर्गम ठाँउमा हरेक दिन कोही न कोही जटिल खालको बिरामी अस्पताल आँउछन् हामीले अप्रेसन गर्नु नै पर्ने हुन्छ उनले भने तर एकैदिन ५ जनाको अप्रेसन गर्नु आफैमा पनि चुनौतिपूर्ण थियो’ उनले भने ।

५ जना मध्ये एक जना ११ बर्षिक बालक बाजुराको पनि बिकट ठाँउबाट २ दिन लगाएर बयालपाटा अस्पताल पुर्‍याईएको थियो । उनको लडेर माथिल्लो पाखुराको हड्डी भाँचिएको थियो । उनको पनि अप्रेसन गरेर सो ठाँउमा रड राख्नुपर्ने थियो । डा. लामिछानेको टोलीमा एनेस्थेशिया महेन्द्र कुँवर, शिवशंकर शर्मा, कुल धामी, पवनरेखा जोशी, श्यवेता जोशी, संगिता नेपाली, राजेश्वरी कुमाल, दिपा बम, लक्ष्मी बिक समेत संलग्न थिए ।

पाँचै जनाको एकैदिन सफल अप्रेसन पश्चात उनिहरुलाई घर पठाईएको ३ महिने सामुदायिक पोष्टिंगका रुपमा बयालपाटा अस्पतालमा आएका डा. लामिछानेले बताए । ‘बिगत ८ बर्ष देखि मन्दिप दाईले जटिल खालका हार्डजोर्नीका सफल अप्रेसन गरिसक्नु भएको छ’ डा. लामिछानेले भने, त्यहि बिश्वासका साथ बिरामीहरु बयालपाटा आउछन् र निको भएपश्चात खुशी भएर घर फर्किन्छन् ।’

‘यदि उनिहरुको उपचार बयालपाटामा हुन नसकेको भए धनगढी वा नेपालगञ्ज जानुपर्ने बाध्यता हुन्थ्यो’ डा. लामिछानेले भने, ‘त्यसो हुदाँ आउन जान र उपचार गर्न कम्तिमा पनि एक जनाले एक लाख बढी खर्च गर्नुपर्ने हुन्थ्यो ।

न्याय हेल्थ नेपाल नामक गैर सरकारी संस्थाको व्यावस्थापनमा सञ्चालनमा रहेको बयालापाटा असपतालमा भने सबै प्रकारका सेवा गुणिस्तरिय रुपमा निशुल्क प्रदान भईरहेका छन् । पछिल्लो ६ महिना यता अछाम संगै बाजुरा, डोटी, दैलेख, कालिकोट, मुगु, डडेलधुरा, बझांग र कञ्चनपुर जिल्लाबाट आएका बिरामीहरुले बयालपाटा अस्पताल पुगेर शल्यक्रिया अप्रेसन सेवा लिएका छन् ।

बिगत १५ बर्ष देखि संस्थाले नेपाल सरकार, प्रदेश सरकार, स्थानिय सरकार र दातृ निकायसंग मिलेर दुर्गम क्षेत्रका जनतालाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ ।

६ महिनामा ४ सय ५१ वटा सफल अप्रेशन

पछिल्लो ६ महिनामा बयालपाटा अस्पतालमा ४ सय ५१ वटा सफल शल्यक्रिया भएका छन् । गर्भवती महिला, हाडजोर्नी, हाईड्रोशिल, हर्निया र एपेन्डिक्स गरेर ४ सय ५१ सफल शल्यक्रिया भएका बयालपाटा अस्पतालले जनाएको छ ।

मेडिकल निर्देशक समेत रहेका अर्थोपेडिक सर्जन डा. मन्दिप पाठक आएदेखि नै हाडजोर्नीका जटिल प्रकारका समेत शल्यक्रिया बयालपाटा अस्पतालमा भएको अस्पतालले जनाएको छ । बिगत केही समय एमडिजिपी नुहदाँ रोकिएका शल्यक्रिया समेत अहिले धमाधम हुन थालेका छन् ।

एमडिजिपी – इएम नहुदाँ रोकिएका हाईड्रोशिल, हर्निया र एपेन्डिक्सका अप्रेसनहरु अहिले भईरहेका हुन् । एमडिजिपीको रुपमा डा. ध्रमेन्द्र साह संगै राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्समा) एमडिजिपी तेश्रो बर्षमा अध्ययन गरिरहेका डाक्टरहरु ३ महिनाको लागि बयालपाटा पोष्टिगं हुदाँ ति अप्रेसन भएका हुन् ।

पछिल्लो ६ महिना यता राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) बाट खटि आएका डा. अकिंत श्रेष्ठ, डा. अनुराधा प्रधान र अहिले डा. बिज्ञान लामिछानेले अस्पतालमा सेवा दिईरेहका छन् ।

को हुन् डाक्टर बिज्ञान लामिछाने ।

कास्की जिल्लाको पोखरामा जन्मिएका डा. बिज्ञान लामिछानेले मणिपाल कलेज अफ मेडिकल साईन्स पोखराबाट सन् २०१७ मा एबिबिएस उर्तिण गरी १ बर्ष तत्कालिन न्याय हेल्थ नेपालको व्यावस्थापनमै सञ्चालनमा रहेको चरिकोट अस्पतालमा काम गरे ।

न्याय हेल्थ नेपालको व्यावस्थापनमा सञ्चालन भएका अस्पतालहरुले दिने सेवा, बिरामीलाई पहिलो प्राथमिक्ता दिने संस्थाको ध्यये र उद्देश्यबाट डा. लामिछाने प्रेरित भएका थिए । तत्पश्चात डा. लामिछाने एमडिजिपी ईएम अध्ययन गर्न राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान काठमाण्डौँ गए ।

अहिले उनि आफ्नो जिपी अध्ययनको अन्तिम बर्षमा छन् । सोही अध्ययनको ३ महिने कम्युनिटी पोस्टिंगको लागि उनले बयालपाटा अस्पताललाई रोजेका छन् । बयालपाटा अस्पतालले बिगत १५ बर्ष देखि दुर्गम क्षेत्रका जनतालाई निशुलक रुपमा स्वास्थ्य सेवा प्रदान गरिरहेको कार्य प्रति प्रभावित भएर उनले बयालपाटालाई रोजेको स्वास्थ्यखबर पत्रिकालाई बताए ।

दुर्गम क्षेत्रमा प्रया जसो डाक्टरहरु धेरै समय बस्न नरुचाईरहेका बेला उनी भने आफु अध्ययन पुरा पश्चात पनि यस्तै दुर्गम क्षेत्रमा काम गर्ने बताउछन् । जहाँ सिमिती श्रोत र साधनका बिच चिकित्सा सेवा दिनुपर्ने हुन्छ त्यसैको लागि आफ्नो अध्ययन भएको उनि बताउछन् ।

दुर्गम क्षेत्रकै लागि भनेर एमडिजीपी इएम अवधारणा ल्याईएको बताउदैँ उनि भन्छन्- ‘जहाँ सामान्य, आकिस्मक तथा अन्य अप्रेसनका सेवा समेत दिन सकियोस् ।’ असह्य, दुखी, गरिबी बिरामीलाई उपचार दिए पश्चात उनिहरुको मुहारमा देखिने खुशीले नै आफुलाई सन्तुष्टि मिल्ने उनि बताउछन् । यसरी दुर्गम क्षेत्रका जनतालाई सेवा दिन पाँउदा आफुलाई गर्व महसुश भएको उनि सुनाँउछन् ।