धनगढी : सुदूरपश्चिम प्रदेशमा हुने बाल विवाह रोक्न नौ वटै जिल्लाका किशोरी समूहहरू सक्रिय रहेका छन्। प्रदेशको कैलालीसहित सबै जिल्लामा किशोरी समूहहरूले बाल विवाह न्यूनीकरणका लागि भूमिका खेल्दै आएका हुन्।
महिला हिंसा विरुद्धको १६ दिने अभियानको सुरु गर्दै धनगढीमा आयोजना गरिएको बाल विवाह विरुद्ध किशोरीहरूसँग २ दिने प्रदेश स्तरीय कार्यशाला गोष्ठीमा उनीहरूले प्रदेशका जिल्लाहरूको वाल विवाहको अवस्थाका बारेमा बताएका थिए। किशोरी समूहहरूका कारण ग्रामीण क्षेत्रमा बाल विवाहको दरमा कमी आएको तर्क उनीहरूको छ।
प्रदेश स्तरीय किशोरी सञ्जालले आयोजना गरिएका उक्त गोष्ठीमा सहभागी किशोरी कैलालीको बर्दगोरिया गाउँपालिकाकी कुतीका सोनामले जिल्लाका तीन स्थानीय तहमा काम गर्दै आएको बताइन। उनले बर्दगोरिया र जानकी गाउँपालिका तथा लम्की चुहा नगरपालिकामा बाल विवाहको विरुद्धमा काम गर्दै आएको बताइन।
उनले बर्दगोरिया गाउँपालिका वडा नम्बर ८ मा बाल विवाह रोक्न विवाह गर्दा वडाको स्वीकृति लिनु पर्ने प्रावधान लागु भएको बताइन्। बाल विवाह गर्नेलाई वडाको सेवाबाट वञ्चित गर्दै आएको उनले बताइन्।
तीन वटा स्थानीय तहमा ५० वटा बाल विवाह रोक्न सफल भएको उनको दाबी छ। ग्रामीण क्षेत्रमा बाल विवाहको विरोध गर्नु चुनौती पनि रहेको उनले बताइन्। राजनीति र परिवारका सदस्यबाट विभिन्न दबाब आउने गरेको गुनासो उनको छ।




















प्रतिक्रिया