अछाम । पञ्चदेवल विनायक नगरपालिकामा भएको १४ औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगितामा धनवन्तरी मावि तोली प्रथम भएको छ । विभिन्न विधामा भएको खेलमा १० वटा विधामा प्रथम भएर धनवन्तरीले शिल्ड जितेको हो । छनौट प्रतियोगितामा भवानीदेवी मावि पुल्लेतोला द्धतिय भएको छ भने विद्यामन्दिर नमुना मावि तृतीय भएको छ ।
यस वर्ष सँगै धनवन्तरी माविले लगातार ३ वर्ष शिल्ड जितेको छ ।
पौष १४ गतेदेखि सुरु भएको खेलमा पालिकाका १२ वटा माद्यामिक विद्यालयका खेलाडीहरूले प्रतिस्पर्धा गरेका हुन । विभिन्न विधामा प्रतिस्पर्धा गर्दै भवानी देवि मावि द्वितीय भएको छ भने पालिकाको उच्चतम विद्यालय विद्यामन्दिर नमुना माविले तृतीय स्थानमा चित्त बुझाएको हो ।
सम्पन्न भएका विभिन्न खेल मध्य छात्रा तर्फको उत्कृष्ट खेलाडीको उपाधि धनवन्तरी मावि तोलीकी छात्रा दिलसरा भण्डारी र छात्र तर्फको उत्कृष्ट खेलाडीको उपाधि शारदा माविका खेलाडी ओमराज बोहराले प्राप्त गरे ।
समापन समारोहको समापन गर्दै नगरप्रमुख अम्बिका चलाउनेले यस वर्षको जिल्ला स्तरीय शिल्ड आफ्नो नगरपालिकाले जित्ने विश्वास व्यक्त गरिन । उनले आगामी दिनमा नगरपालिका भित्रका खेलाडीहरूको क्षमता अभिवृद्धिका लागी नगरपालिकाले योजना बनाएर काम गर्ने बताइन ।
प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले गरेका थिए ।
(उल्लेखित समाचारमा यस अघि सुचना स्रोतको कमजोरीका कारण बिबरणमा फरक परेकोले सच्याइएको छ -सम्पादक)
प्रतिक्रिया