मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

के हाे ईनक्युबेशन, ईनक्युबेशन केन्द्र किन चाहिन्छ ?

के हाे ईनक्युबेशन, ईनक्युबेशन केन्द्र किन चाहिन्छ ?


  • भीम बहादुर साउद

ईनक्युबेशन (Incubation) 

ईतिहासलाई अध्ययन गर्ने हो भने ईनक्युबेशन (Incubation) शब्दको उत्पति सन १६१० मा ल्याटिन शब्दकोष बाट भएकाे पाईन्छ । ईनक्युबेशन (Incubation) शब्दको अर्थ (To Hatch) भनेर लेखेकाे भेटिन्छ । अर्थ पहिला आयो वा शब्द पहिला यसकाे बारे धेरै नसाेच्दा राम्रो जमाना अलिक रफ्तारमा चलिरहेको छ । 

ईनक्युबेशन (Incubation)लाई विज्ञानकाे भाषामा विकासको प्रक्रिया भनिएको छ । याे शब्द मेराे जिन्दगीको शब्दकोषमा आएको धेरै भएकाे छैन । जब याे शब्दको बारेमा सुने त्यसपछिकाे मेराे काम भनेकाे यसकाे बारे सुन्ने बित्तिकै अलिक बढि चासाे राख्न थाले । 

हाम्रो सामान्य बुझाईकाे भाषामा यदि तपाईंहरू मध्ये काेहिले घरमा कुखुरा पाल्नु भएकाे छ भने त्याे बेला कुखुराले फुल दिई सकेपछि जब चल्ला जन्माउनका लागि ओथारो बसेर चल्ला जन्मिन्छ नि हाे त्यसैलाई भनिन्छ ईनक्युबेशन (Incubation) ।

एउटा अन्डाबाट चल्ला जन्माउन कुखुराले ७/१०/१५ दिन ओथारो मै बस्छ त्यसपछि मात्रै त्याे सम्भव हुन्छ । तपाईले याे पनि ख्याल गर्नु भएकाे छ हाेला जुन अन्डामा कुखुराको न्यानाे पन पाउदैन वा काेरल्न पाउदैन त्याे अन्डाबाट चल्ला जन्मिदैन । चल्ला जन्मिनकाे लागि ओथारो र कुखुराको न्यानाे पन एकदमै आवश्यक हुन्छ । 

यति पढिसकेपछि पक्कैपनि ईनक्युबेशन (Incubation) भनेकाे बुझ्न सजिलो भयो हाेला, र बुझ्नु पनि भयाे हाेला । अब अर्काे तरिकाबाट साेचाै है त, मनाेविज्ञानकाे तवरबाट नियाल्दा जब कुनै वस्तु हामी देख्छाै, सुन्छाै, छुन्छाै विना कुनै अवरोध विचार आउछ त्यहि विचारलाई मुर्त रूप दिनु भन्दा पहिला जुन दिमागमा प्रक्रिया हुन्छ त्यसलाई पनि साेचाईकाे ईनक्युबेशन (Incubation) भनिन्छ ।

कुनै नयाँ विचार आउनु वा पुरानैमा नयाँ थपिनु राम्रो हाे । एक दिनमा एक सामान्य व्यक्तिले ६०,००० विचार साेच्छ अनि ३५,००० निर्णय गर्दछाै यदि आएका विचार मध्येबाट ४/५ लाई मात्रै राम्रोसँग ईन्क्युबेट गरेर दैनिकि चलाउदा फाईदै हुने देखियाे । 

अब स्वास्थ क्षेत्रमा ईनक्युबेशन (Incubation) काे कुरा मेराे तर्फबाटकाे बुझाई मात्र हाे, याे भन्दा धेरै विज्ञता स्वास्थ क्षेत्रमै काम गरेका बाट म सिक्न र सुन्न तयारै छु।

हामिलाई सामान्यतया शरिरमा भाईरस प्रवेश गरेकाे थाहा पाउन सक्दैनौं । भाईरस कत्राे हुन्छ भन्ने मेराे प्रश्नकाे जवाफमा मलाई ८ कक्षामा साईन्स पढाउने सरले भनेकाे याद आयो “आँखाले नदेख्न सक्ने” हाे ।  हाे त्यसैलाई आधार मान्ने हाे भने भाईरस शरिरमा प्रवेश गरेकाे केहि समय पछि जब पहिलाे लक्षण देखा पर्छ नि हाे त्याे भाईरसले ईन्क्युबेट गरिरहेकाे हुदाे रहेछ ।

काेहि पनि एक्कासि विरामि हुदैन । भाईरस शरिरिमा प्रवेश पछि उसलाई नयाँ वातावरणसँग खेल्न केही समय लाग्छ नै त्यसपछिको काम भनेकै लक्षण देखिने हुन्छ । यदि याे कुरा हलुका लागेछ भने नजिकै डा.सापलाई गएर साेधेर मलाई पनि भन्नुहाेला सत्य के रहेछ जान्दा राम्रो । 

माथिकाे भाष्यहरूका आधारमा म अब कुरा गर्ने खाेज्दैछु कि याे ईनक्युबेशन (Incubation) भन्ने कुरा व्यवसायीक जगतमा कसरी आयो ? यसकाे आवश्यक किन भयाे ? अहिलेकाे युगले ईनक्युबेशन (Incubation) बुझेकाे छ कि छैन यी नै विषयका बारेमा जानेकाे, भेटेकाे कुरा यहाँ लेख्दैछु । 

याे ईनक्युबेशन (Incubation) भन्ने शब्दले कामकाज चाहिँ व्यवसायीक क्षेत्रमा सन १९५९ मा यु.यश मा गरेको  मानिन्छ जसकाे श्रय Joseph L. Mancuso लाई जान्छ । उनले त्यस ताँका न्यु याेर्ककाे Batavia मा Batavia Industrial Center सँचालनमा ल्याए बजारमा त्यसले अाैधाेगीक विकासलाई टुवा पुर्याउनुका साथै देशकाे आर्थिक क्षेत्रमा टेवा पुगेकाे र आवश्यकतालाई मध्यनजर गरि सन १९८० मा U.S, UK र Europe मा यसकाे विस्तार गरेका थिए ।

ईनक्युबेशन (Incubation) सेन्टरमा Incubators काे सँख्या बढ्दै गयाे । १९८० मा १२ जना Incubators बाट सुरू भएकाे Center मा २००६ मा आईपुग्दा १४०० Incubator ले सेवा लिएका थिए । सन २००५ भन्दा पछि नर्थ अमेरिकामा पनि विभिन्न २७००० कम्पनीहरूले ईनक्युबेशन (Incubation) प्रक्रिया बाट लाखाै राेजगारी शृर्जना भईसकेका छन । 

ईनक्युबेशन (Incubation) केन्द्र का क्रियाकलाप विकसित देशमा मात्रै छैनन् अरू विकासाेन्मुख देशहरूमा पनि विश्वका ठुलाठुला संस्थाहरूकाे सहयाेगमा स्थापना भएका छन । जसले गर्दा अहिलेकाे विश्वकाे आर्थिक सुचकमा केही टेवा पुगेकाे नकार्ने मिल्दैन । विषेशगरी (Startup) नवप्रवतकलाई सहयाेग गर्ने उदेश्यले सुरू भएका ईनक्युबेशन (Incubation) केन्द्रहरूले आधुनिक समाजकाे आवश्यकतालाई मध्येनजर गर्दै Startup लाई चाहिने सिप, (Seed Fund) बीउ पुजि उपलब्ध गराई एउटा काचाे Idea लाई बजारमा पुर्याई उपभोक्ताकाे राय बमोजिम भयाे भएन यी यावत व्यवसायिक कुराहरूलाई ध्यानमा राखि कार्य गर्दै अाई रहेकाे भेटिन्छ । 

सामान्यतय ईनक्युबेशन केन्द्र (Incubation Center) बाट के के काम भईरहेका छन:-

१. उद्योग कसरी सुरू हुन्छ

२. एउटा उद्यमशिल मान्छेसँग कस्ताे खालकाे साेच चाहिन्छ ।

३. बजार र व्यवसायकाे सम्बन्ध विस्तारका केही चरणहरू

४. बजारकाे बारेमा अध्यायन कसरी गर्ने

५. उपभोक्ता भनेकाे चाहिँ काे हाे?

६. तपाईंको वस्तु किन बजारमा जाने?

७. तपाईंको वस्तुकाे लाभान्वित जनसंख्या कुन हाे ।

८. तपाईंको चाहिने बीउ पुजि कसरी खाेज्ने ?

९. अावश्यक भए व्यवसायीक Loan कसरी, कुन प्रक्रियाबाट पाईन्छ ?

१०. लगानि कर्ता कसरी खाेज्ने, अनि कसरी अाफ्नाे कुरा राख्ने बारे

११.व्यवसायका लागि आवश्यक कानुनि परामर्श 

१२. अहिलेकाे युगमा प्रविधिकाे प्रयाेग कसरी गर्ने

१३. तपाईंको व्यवसायीक तरिकालाई Valid बनाउनका लागि विभित्र कार्यशाला आदि काम हरू भईरहेका हुन्छन् । जसले गर्दा कसैकाे एक कच्चा उपायलाई मलजल गरेर बजारमा पठाउन सम्मकाे काम ईनक्युबेशन केन्द्र (Incubation Center)मा हुन्छ ।

त्यसैले बजारमा व्यवसायी बन्न चाहाने र बनिसकेका लाई अति अावश्यक भनेकाे ईनक्युबेशन केन्द्र  (Incubation Center) हाे । एउटा सत्य सामान्य राेग लाग्दा डा. मा जान्छाै, अध्यात्मिक वा अास्थाका लागि मठमन्दिर दर्शन पनि गरेकै हुन्छौं ।

एउटा सानाे बच्चालाई हुर्काउन अनेक थरि हेरविचार गर्छाैं, राम्रो संस्कार सिकाईन्छ, हाे त्यसैगरी जब दिमागमा /साेचाईमा एउटा व्यवसायीक साेच आउछ उक्त साेचलाई मुर्त रूप दिनका लागि पनि ईनक्युबेशन केन्द्र  (Incubation Center) काे आवश्यकता छ । चाहे त्याे सानाे स्कुल, समुदाय, स्थानिय तह, कलेज, विश्वविद्यालय, सरकारी तथा गैरसरकारी निकाय सबै क्षेत्रमा ईनक्युबेशन केन्द्र  (Incubation Center) काे आवस्यकता आगामि दिनमा बढ्दै जाने देखिन्छ  । 

म जम्मा तिन देशकाे उदाहरण दिन खाेजिरहेकाे छु ।

१. नेपाल

जहाँ अहिलेसम्म पनि हामी ईनक्युबेशन केन्द्र  (Incubation Center) काे अभ्यासमामा आफुलाई ढाल्न सकिरहेका छैनौं । याे विडम्बना हाे वा अरू केहि मलाई थाहा छैन । छिमेकि बाट सिक्न हामिलाई राेक्ने प्रविधि वा अरू केही जानकारीमा छैन । तर अहिलेकाे परिवेशमा अब त “Industry 5.0” घाेषणा गरिसके जसकाे असर तपाईं हाम्रो दिनचर्यामा झल्किरहेकाे छ । 

सन २०२२/२३ काे विवरणमा नियाल्दा नेपालमा ३२२ वटा नयाँ व्यवसाय दर्ता भएर संचालनमा आएका छन जसले केही न केही काम शृर्जना गरेकाे छ । स्टाटपकाे बारेमा अर्काेमा लेख्नेछु । 

२. अमेरिका

सन २०११ मा बाराक अाेबामाले अमेरिकामा सुरू गर्नुभएको “Startup America” ले अमेरिकाकाे अार्थिक, सामाजिक रूपमा महत्त्वपूर्ण उपलब्धि गनिन्छ । अमेरिकि गणना अनुसार सन २०२३ मा ५,४८१,४३८ नयाँ व्यवसाय दर्ता भएका छन जसकाे श्रेय “Startup America” लाई जान्छ । 

३. भारत

यसैगरी हाम्रो छिमेकि मुलुक भारतमा नरेन्द्र माेदि सरकारले सन २०१६ मा सुरू भएकाे “Startup India” ले वर्तमान अार्थिक र अन्य कुरामा यसैकारणले गर्दा भारत सरकारले सन २०५० मा विश्वकाे दाेस्राे ठुलाे अर्थव्यवस्था भएकाे देशमा रूपान्तर यात्रामा छ। भारतमा सन २०२३ मा १००,००० + नयाँ व्यवसाय दर्ता भएर संचालनमा अाएका रहेछन । 

अब पनि अरूकै डाटा मात्रै पढ्ने वा अाफ्नाे डाटा बढाउने ? प्रश्नकाे उत्तर हाे अाफै लाग्ने, प्रत्येक सराेकार वाला निकायले यदि समयमै यसमा पहल कदम चालिएन भने औधाेगिक लडाईकाे हिस्सा बन्न हामी सक्दैनौं । नयाँ व्यवसाय जन्माउने, उर्काउने, मलजल गर्ने, पढेकाे वा परेकाे कुरालाई व्यवहारीक ज्ञानका रूपमा विकास गर्नेका लागि मात्रै नभई हर क्षेत्रमा ईनक्युबेशन केन्द्र  (Incubation Center) अहिलेकाे अपरिहार्य हाे । 

लेखक साउद टेक्सस विजनिस ईनक्युबेशन केन्द्र (Texas Business Incubation Center- TBIC) मा संलग्न छन्