अछाम: पञ्चदेवल नगरपालिका वडा न . ५ लयाँटीका क्यान्सर पीडित प्रेम शाही अहिले उपचार अभावमा छटपटाइरहेका छन् ।विगत तीन महिना देखि काठमाडौँको भक्तपुर क्यान्सर अस्पतालमा उपचारको अभावमा छटपटाइरहेका हुन् ।
आर्थिक अभावकै कारणले उपचारमा समस्या भएको बिरामीमा आफन्त सुरत शाहीले बताएका छन् । उनले भने, “परिवारको अवस्था पनि नाजुक छ, उपचार गर्दा गर्दा पाँच लाख बढी खर्च भैसकेको छ, अहिले दैनिक ४/५ हजार खर्च भइरहेको छ, अहिले सहयोग सङ्कलन गरिरहेका छौँ, कहाँबाट व्यवस्था गर्ने, समस्या भयो,पैसाको व्यवस्था भएको भए उहाँ बाच्नु हुन्थ्यो” आर्थिक अभावकै कारण उपचार नपाई अस्पताल शैयामा छटपटाइरहेका शाही जीवन र मरणको दोसाँधमा छन् ।
उनी अहिले मृत्यु सँग लडिरहेका छन् । आर्थिक अभावकै कारण जीवन मरणको दोसाँधमा रहेका शाहीले आफ्नो उपचारका लागी अस्पतालको शैयाबाटै हारगुहार गरिरहेका छन् । यता उनका आफन्तहरूले पनि सहयोग सङ्कलन गरिरहेका छन् । उनीहरूले विभिन्न सहयोगी निकाय सामाजिक अभियन्ता लगायतलाई भेटेर समस्या सुनाउनुका साथै उपचारका लागि हारगुहार गरिरहेका छन् ।
अहिले उनको उपचारमा पाँच लाख जति खर्च भैसकेको र दैनिक ४/५ हजार खर्च अहिले भइरहेको बिरामीका आफन्त जनक बुढाले बताए। उनका अनुसार यकिन अहिले नै अस्पतालले यति लाग्छ भनेर नभने पनि झन्डै २० लाख बढी खर्च लाग्न सक्ने अनुमान छ । अहिले सहयोग अभियान नै सञ्चालन गरेर उपचार खर्च सङ्कलन गरिरहेको उनको भनाई छ ।
सहयोग गर्न चाह नेहरुले आफन्तको सम्पर्क नम्बर ९८०३६८३६६८, र ९८४७२९६८९६ मा सम्पर्क गरी सक्दो सहयोगका लागि समेत आफन्तले अपिल गरेका छन् ।
प्रतिक्रिया