अछाम : कार्य सम्पादन मुल्यांकनमा अछाम जिल्लाका १० स्थानिय तह मध्ये जिल्लाको सदरमुकाम समेत रहेको मंगलसेन नगरपालिकाले प्रथम स्थान हासिल गरेको छ ।
राष्टिय प्रकाकृतिक श्रोत तथा बित्त आयोगले गरेको कार्यसम्पादन मुल्यांकनका आधारमा मंगलसैन नगरपालिका अछाम जिल्लामा प्रथम र सुदूरपश्चिम प्रदेश भरीमा चौँथो स्थान हासिल गर्न सफल भएको हो ।
बिभिन्न १७ वटा सुचकको अंकका आधारमा अछामका १० स्थानिय तह मध्ये मंगलसेन नगरपालिकामा प्रथम भएको हो भने दोश्रोमा चौरपाटी गाँउपालिका र पुछारमा कमलबजार नगरपालिका रहेको छ ।
कार्यसम्पादन मूल्यांकन वापत देशभरीका प्रदेश सरकार र स्थानिय तहले प्राप्त गरेको अंक सम्बन्धी प्रकाशित बिबरण अनुसार मंगलसैन नगरपालिका सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानिय तहमा चौँथो स्थान हासिल गर्न सफल भएको नगरका प्रमुख प्रशासकीइ अधिकृत खकेन्द्र सोडारीले बताए ।
यी हुन् बिभिन्न १७ वटा सुचकहरु
प्रतिक्रिया