मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुलमा फसेका खच्चडको उद्धार पछि तत्काल उपचार : दुई खच्चड कर्णालीमा बगे 

पुलमा फसेका खच्चडको उद्धार पछि तत्काल उपचार : दुई खच्चड कर्णालीमा बगे 


अछाम : कर्णाली नदी माथि पुलमा अड्किएका १३ वटा घाइते खच्चडको उद्धार भएपछि तत्काल उपचार भएको छ । फसेका १३ खच्चड मध्य २ वटा खच्चडको कर्णालीमा खसेर मृत्यु भएको छ भने बाँकी घाइते खच्चडको सकुशल उपचार भएको हो । 

पञ्चदेवल विनायक नगरपालिकाका राजेन्द्र बाेहाेरा,जीवन रोका र नवीन रोकाका गरी ११ वटा खच्चडको सकुशल उपचार गरेको पञ्चदेवल विनायक नगरपालिका पशु सेवा शाखा संयोजक प्रेम जैशीले बताए । 

अछामको पञ्चदेवल विनायक नगरपालिका र दैलेखको आठबिस नगरपालिका बाट खटिएको पशु सेवा शाखाको टोलीले ११वटा खच्चडको तत्काल उपचार गरेको हो ।

आइतबार बिहान ९ बजेतिर अछामको पञ्चदेवल विनायक नगरपालिकाबाट चामल लिन दैलेखको आठविस नगरपालिका ४ खिड्कीज्यूला जानेक्रममा झोलुङ्गे पुलको लट्ठा चुँडिँदा पुलमा अड्किएका खच्चडको उद्धार सँगै उपचार भएका खच्चडहरू को स्वास्थ्य अवस्था अहिले सामान्य रहेको पशु सेवा शाखा संयोजक जैसीको भनाइ छ ।

बिहान ९ बजेतिर फसेका खच्चडको उद्धारका लागि अछाम र दैलेख जिल्लाबाट सशस्त्र प्रहरी, जनपथ प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो।