मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एलपी शर्मालाई मनमा पर्यो चोटबाट उत्कृष्ट मोडेलको अवार्ड

एलपी शर्मालाई मनमा पर्यो चोटबाट उत्कृष्ट मोडेलको अवार्ड


अछाम । आधुनिक बिधाको गित मनमा पर्यो चोटका मोडेल एलपी शर्मालाई उत्कृष्ट आधुनिक मोडेल अवार्ड प्राप्त भएको छ । राष्टिय ओपसना म्यूजिक अवार्ड २०२४ अन्र्तगत शर्मालाई उक्त अवार्ड प्राप्त भएको हो ।

प्रेम भाव बोकेको मनमा पर्यो चोट बोलको उक्त आधुनिक गितमा शर्माले आफ्नो उत्कृष्ट प्रर्दशन गरेको भन्दै अपसाना फिल्मस्ले उक्त अवार्ड प्रदान गरेको जनाएको छ ।
उत्कृष्ट आधुनिक मोडेल अवार्ड पाएसँगै निर्माता तथा कलाकार शर्माले आभार व्यक्त गर्दे सहयोग मनहरु सबैलाई धन्यवाद व्यक्त गरेका छन् । अवार्डको हकदार बनाउने दर्शक, श्रोता तथा निर्णायक तथा शुभेच्छुकहरूलाई समेत उनले धन्यवाद ज्ञापन गरेका छन् ।

पेसाले प्रशासन क्षेत्रमा रहेका लक्ष्मि प्रसाद शर्मा कलाकारिता क्षेत्रमा बिशेष रुचि राख्द्छन् । उनका यसअघि लिलु, सम्भो, संगसंगै, आस्था गितहरु सार्वजनिक भईसकेका छन् । उत्तः गितहरु मार्फत शर्माले यसअघि पनि बिभिन्न अवार्ड प्राप्त गरिसकेका छन् ।

हेर्नुस भिडियो