मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम बाट पशु चिकित्सक सहितको टोली खच्चडकाे थप उपचार गर्न दैलेखको खिड्कीज्यूलामा 

अछाम बाट पशु चिकित्सक सहितको टोली खच्चडकाे थप उपचार गर्न दैलेखको खिड्कीज्यूलामा 

पशु सेवा विज्ञ केन्द्र अछाम बाट पशु चिकित्सक सहितको टोली द्वारा थप उपचार


अछाम : अछामको कालेकाँडा र दैलेखको खिड्कीज्यूला जोड्ने झोलुङ्गे पुल लच्किँदा घाइते भएका खच्चडहरूको थप उपचार गरिएको छ । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अछाम बाट पशु चिकित्सक सहितको टोली खिड्किज्यूला पुगेर खच्चडको घाउमा मलम पट्टी गरेको र उनीहरूको आहारा व्यवस्थापनका लागि खच्चड मालिकलाई सल्लाह दिएको विज्ञ केन्द्र अछामका कार्यालय प्रमुख झनकदत्त ढुङ्गानाले बताए । 

सोमवार कार्यालय प्रमुख सहित विज्ञ केन्द्र र नगरपालिकाकाे पशु सेवा शाखा बाट गरी ६ जना पशु स्वास्थ्य प्राविधिक हरूले उपचार गरेका हुन् । 

खच्चडको अवस्था अहिले सामान्य छ । `धेरै गर्मी भएकाले घाउहरू पाक्न सक्छन् , उनलेे भने ´ थप औषधी दिएर बिस्तारै घरतिर लैजान सुझाएका छौँ । कार्यालय प्रमुख ढुङ्गानाका अनुसार थप उपचार का लागि आफ्नो टिम तैनाथ रहेको छ । 

खच्चडको उद्धार पछि निरन्तर उपचारका क्रममा खटिएका पञ्चदेवल विनायक नगरपालिका पशु सेवा शाखा संयोजक प्रेम जैसीका अनुसार उपचार गरेका सबै खच्चडको अवस्था खतरामुक्त रहेको छ । 

दुर्गम बस्ती सम्म दैनिक उपभाेग्यका सामाग्री पुर्‍याउने पहिलो माध्यम खच्चड भएकाले कालेकाँडाका विभिन्न बस्ती सम्म नुन,तेल र चामलको अभाव हुन नदिन खच्चडको उपचार अत्यावश्यक रहेको उनको भनाइ छ । 

आइतबार दैनिक उपभाेग्यका सामाग्री लिन अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ९ कालेकाँडाकाे भाट गाउँ बाट दैलेखको आठबिस नगरपालिका वडा नम्बर ४ खिड्किज्यूला जाने क्रममा आइतबार पुलकाे लट्ठा चुडिएर लस्किएपछि १३ खच्चड पुलको जालिमा करिब ५ घण्टा अड्किएका थिए । 

उद्धारका क्रममा २ वटा कर्णालीमा बगेर मरे भने ११ खच्चडको सकुशल उद्धार भएको थियो । 

याे पनि पढ्नुहाेस्