मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दक्ष कामदार उत्पादन र सीप परीक्षणका बारेमा रोजगारदातासँग छलफल

दक्ष कामदार उत्पादन र सीप परीक्षणका बारेमा रोजगारदातासँग छलफल


अछाम। सुदूरपश्चिम प्रदेस सरकारको सामाजिक विकास मन्त्रालयले राष्ट्रिय व्यवसायीक योग्यता प्रमाणीको बारेमा अछामका रोजगारतादाहरुसँग अन्तरक्रिया गरेको छ। अछाम उद्योग वाणिज्य संघसँगको सहकार्यमा आज सदरमुकाम मंगलसेनमा राष्ट्रिय व्यवसायीक योग्यता प्रमाणी, प्रदेश सरकारको भूमिका, निजी क्षेत्रसँगको सहकार्य बिषयमा रोजगारदाताहरुबीच अभिमूखिकरण गरेको हो।

सामाजिक विकास मन्त्रालयका अधिकृत लोकेन्द्रप्रसाद भट्टले राष्ट्रिय व्यवसायीक योग्यता प्रमाणीको मुख्य उद्देश्य निश्चित मापदण्डका आधारमा ज्ञान सीप अनुभव भएका युवाहरुको सीप प्रमाणिकरण गर्ने रहेको जानकारी दिनुभयो। प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्ले ज्ञान सीप प्रमाणिकरणको काम गर्दै आएको पनि उहाँले जानकारी दिनुभयो।

संघिय मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योग्यता प्रारुप २०७७ बैशाख ३१ गते स्वीकृत गरेको थियो। उक्त प्रारुपको कार्यान्वयन प्रदेसमा सामाजिक विकास मन्त्रालय र स्थानीय तहहरुले गर्ने स्वीस सरकारको सहयोगमा संचालित परियोजनाका अधिकृत टंकप्रसाद उपाध्यायले जानकारी दिनुभयो।

नेपाली युवाहरुको रोजगारको अवसर वृद्धि हुने वातावरण बनाउन मद्दत गर्ने उहाले जानकारी दिनुभयो। ज्ञान सीप अनुभव भएका तर सीप प्रमाणिकरणको प्रमाणपत्र नभएका कामदारहरुको सीप परिक्षण गरि प्रमाणपत्र दिइने पनि उपाध्यायले जानकारी दिनुभयो।

राष्ट्रिय व्यवसायीक योग्यता प्रमाणीको कार्यान्वयनका बारेमा आजै जिल्लाका सबै स्थानीय तहका उपप्रमुख, रोजगार संयोजक र शिक्षा संयोजकहरुसँग पनि अन्तरक्रिया गरिने जनाइएको छ। नेपाली श्रमबजारमा दक्ष कामदारको अभाव तथा भएका दक्ष कामदारहरुलाई टिकाईराख्न समस्या रहेको सो अवसरमा जानकारी दिइयो।

कामदारसँग सीप भएको तर प्रमाणपत्र नरहेको, प्रमाणपत्र रहेको तर सीप नभएको पनि कार्यक्रममा औंल्यायो। कार्यक्रममा अछामका उद्योगी व्यवसायीहरुको सहभागिता रहेको अछाम उद्योग वाणिज्य संघका कार्यवहाक अध्यक्ष बम रावलले जानकारी दिनुभयो।