मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगर नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

साँफेबगर नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा


अछाम : जिल्लाको साँफेबगर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । पूर्ण खोपका सबै सूचांक पुरा गरेको आधारमा साँफेबगरलाइ पुर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हो ।

आर्थिक बर्ष २०८०/८१ मा नगरपालिकाले पूर्ण खोप सुनिश्चितता निर्देशिका बमोजिम सम्पूर्ण पक्रिया पुरा गरी १६ महिना देखि २३ महिना सम्मका बालबालिकाहरुलाई १५ महिनाको उमेर भित्र पाउनुपर्ने सवै खोप पाएकोले नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झपट ढुंगानाले बताए ।

स्वास्थ्य शाखा मार्फत दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि साँफेबगर नगरपालिकाको सवै वडामा नियमित खोपको घरभेट सर्वेक्षण गरी उमेरअनुसार खोप पाए/नपाएको एकिन गरी वडा र पालिकाको पुर्ण खोप सुनिश्चितता गरिएको हो ।

साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले पुर्णखोपलाई निरन्तरता दिन र सफल गर्नको लागी स्वास्थ्य कर्मी, स्थानीय वडाका जनप्रतिनिधि र महिला स्वास्थ्य स्वयंमसोविकाहरुको ठुलो भुमिका रहेको भन्दै धन्यवाद व्यक्त गरे । उनले पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएपनि आगामी दिनमा नयाँ जन्मेका बालबालिकाहरुको खोजी गरि पुर्ण खोप दिन दत्तचित भएर लाग्न आग्रह गरे ।

पूर्ण खोप वडा/पालिका घोषणा तथा दिगोपना सुनिश्चितता कार्यक्रममा जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झपट ढुंगानाले घोषणाकै लागि घोषणा गरेर उपलब्धी नहुने बताउँदै आफुहरुले गरेको घोषणामा पूर्ण प्रतिबद्ध रहेको र साँफेबगर नगरपालिकामा खोप नलिएको कोहिपनि बालबालिका नरहेको जानकारी दिए ।

नगर प्रमुख राजेन्द्र बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झपट ढुंगाना, साँफेबगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मि प्रसाद शर्मा, बयालपाटा अस्पतालका मेडिकल निर्देशक डा. मन्दिप पाठक, प्रमुख ईलाका प्रहरी साँफेबगरका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र साउँद, साँफेबगर नगरपालिकाका १४ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा स्वास्थ्य चौकिका ईन्चार्ज, स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो ।

साँफेबगर नगरपालिकामा पुर्ण खोप सुरक्षित भविस्य, स्थानिय श्रोतको उपयोग स्वमित्व र सहभागीता पुर्ण खोप सुनिश्चिता हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ साँफेबगरलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको थियो ।