मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

मंगलसेन नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा


अछाम : जिल्लाको सदरमुकाम रहेको मंगलसेन नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । पूर्ण खोपका सबै सूचांक पुरा गरेको आधारमा नगरलाई पुर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हो ।

नगरपालिकाले पूर्ण खोप सुनिश्चितता निर्देशिका बमोजिम सम्पूर्ण पक्रिया पुरा गरी १६ महिना देखि २३ महिना सम्मका बालबालिकाहरुलाई १५ महिनाको उमेर भित्र पाउनुपर्ने सवै खोप पाएकोले नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा संयोजक भूमिनन्द ढुंगानाले बताए ।

स्वास्थ्य शाखा मार्फत दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि नगरपालिकाको सवै वडामा नियमित खोपको घरभेट सर्वेक्षण गरी उमेरअनुसार खोप पाए/नपाएको एकिन गरी वडा र पालिकाको पुर्ण खोप सुनिश्चितता गरिएको हो ।

नगरपालिकाका नगर प्रमुख पदम बोहराले आगामी दिनमा समेत पुर्णखोपलाई निरन्तरता र सुनिस्चित भएको एकिन गरिराख्नु पर्ने बताए । यसका लागी स्वास्थ्य कर्मी, स्थानीय वडाका जनप्रतिनिधि र महिला स्वास्थ्य स्वयंमसोविकाहरुको ठुलो भुमिका रहेको भन्दै उनले धन्यवाद व्यक्त गरे ।

नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारीले पूर्ण खोप सुनिस्चित गर्न सधै प्रतिबद्ध रहेको र आगामी दिनमा समेत नगरपालिका पूर्णखोप कायम राख्न क्रियाशील रहने बताए ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख संगीता रावल सोडारी, १४ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा स्वास्थ्य चौकिका ईन्चार्ज, स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो ।

स्थानिय श्रोतको उपयोग, स्वमित्व र सहभागीता : पूर्ण खोप सुनिश्चिता हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ मंगलसेनलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।