मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमलबजार नगरपालिका : स्वास्थ्य चौकीको फ्रिज भित्र मदिराका बोतल

कमलबजार नगरपालिका : स्वास्थ्य चौकीको फ्रिज भित्र मदिराका बोतल

बियरका बोतल राखिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक


अछाम: कमलबजार नगरपालिकाकाे एक स्वास्थ्य चौकीमा फ्रिज भित्र बियरको बोतल भेटिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । 

कमलबजार नगरपालिका वडा नम्बर -९ मस्टाबण्डाली मा रहेको स्वास्थ्य चौकीमा औषधी राख्ने फ्रिज भित्र ३ वटा बियरका बोतल राखिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । 

स्वास्थ्यचाैकीमा कार्यरत स्वास्थ्यकर्मीहरूले बेला बेला स्वास्थ्य चौकीमै मदिरा सेवन गरेर रमाइलो गर्ने गरेको थाहा पाएपछि स्थानीयहरूले स्वास्थ्य चौकीमै छड्के अनुगमन गरेका हुन् । अनुगमनका क्रममा फ्रिज भित्र ३ बोतल बियर देखेपछि भिडियो बनाएर बिहीबार सार्वजनिक गरे । 

बिरामीका लागि औषधी राख्न प्रयोग गरिने फ्रिज भित्र मदिराका बोतल भेटिएपछि स्वास्थ्यकर्मीको लज्जास्पद हर्कत प्रस्तुत भएको छ । 

बिरामीको उपचार हुने स्वास्थ्य चौकीको आफ्नै फ्रिजमा बियरका बोतल भेटिनुले स्वास्थ्यकर्मीको गैर जिम्मेवारीपन उदाङ्गो भएको छ । यस घटनामा जोडिएकाहरूलाई कारबाही हुनुपर्ने माग उठेको छ ।

वडा नं. ९ का वडाध्यक्ष कमल भण्डारीले स्वास्थ्य चौकीको फ्रिजमा बियर राखेको पाइएको स्वीकार गरेका छन् ।

स्वास्थ्यकर्मी आफै संवेदनशील हुनुपर्ने ठाउँमा उल्टै लापरबाही गरेको भन्दै अध्यक्ष भण्डारीले भोली नै स्वास्थ्य व्यवस्थापन समितिको बैठक गरेर थप निर्णय लिने बताए ।https://www.facebook.com/sudooraaja/videos/486711190541594