मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल नगरपालिकामा सञ्चालित वाक नेपाल पावर परियोजनाको अनुगमन पश्चात् समीक्षा

पञ्चदेवल नगरपालिकामा सञ्चालित वाक नेपाल पावर परियोजनाको अनुगमन पश्चात् समीक्षा


अछाम: पञ्चदेवल विनायक नगरपालिकामा सञ्चालित वाक नेपालका कार्यक्रमको अनुगमन पश्चात् समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

वाक नेपालको पावर परियोजना अन्तर्गत नगरपालिकाकाे वडा नम्बर १ देखि ४ सम्म सञ्चालनमा रहेका विभिन्न परियोजना बारे शुक्रवार अर्ध वार्षिक समीक्षा गरिएको हो ।

सेभ द चिल्ड्रेनकाे आर्थिक सहयोग,पञ्चदेवल विनायक नगरपालिकाकाे सहकार्य र वाक नेपालको आयोजनामा आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालित क्रियाकलाप
-विपन्न परिवारमा २० वटा शौचालय निर्माण ।
-एक विद्यालय र एक स्वास्थ्य संस्थामा शौचालय निर्माण ।
-१८ जना युवा उद्यमी लाई सीप विकास तालिम ।
१६ जना युवा उद्यमी लाई लघु उद्यम  विकास तालिम र  व्यवसाय सुरुवात सहयोग ।
लगायतका क्रियाकलापको अनुगमन पश्चात् समीक्षा गरिएको हो ।


समीक्षा कार्यक्रममा नगर प्रमुख अम्बिका चलाउने ले स्थानीय सरकार सँग निरन्तर समन्वय,सहकार्य गरेर कार्यक्रम गर्न सुझाव दिइन् ।
सङ्घ संस्थाहरूले सञ्चालन गरेका परियोजनाको सम्पूर्ण विवरण  पालिकाको सम्बन्धित विषयगत शाखामा तथ्याङ्क उपलब्ध गराउन आग्रह गरिन् ।

परियोजना बारे वाक नेपालका मिल संयोजक नरेन्द्र तिमिल्सैनाले जानकारी गराएका थिए ।