मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बान्नीगढी २ की सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्दार

बान्नीगढी २ की सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्दार


अछाम ः जिल्लाको बान्नीगढी जयगढ गाँउपालिका वडा नं. २ की एक सुत्केरी महिलाको उद्दार गरिएको छ । वडा नं. २ जनालीकोटकी २० बर्षिया लक्ष्मी दमाईको उद्दार गरिएको हो ।

जेठ ३० गते सुत्केरी बेथा लागेपछि लक्ष्मीलाई नजिकैको स्वास्थ्य चौकी लैजाने क्रममा बाटोमै प्रसुती भएको र बच्चाको सकुशल जन्म भएको थिथो । तर जेठ ३२ गते आज स्वास्थ्यमा असहज भएपछि लक्ष्मीलाई उपचारको लागि बयालपाटा अस्पताल पुर्याईएको थियो ।

बयालपाटा अस्पतालमा पुर्याउदा उनको रक्तचाप उच्च र काप्न थालेपछि नेपाली सेनाको हेलिकप्टर मार्फत उद्दार गरिएको बयालपाटा अस्पतालले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय अछामको समन्वय मार्फत लक्ष्ीलाई उप उपचारको लागि प्रादेशिक अस्पताल सुर्खेत लगिएको छ । सुर्खेतमा उनलाई आईसियूमा राखेर उपचार भईरहेको बान्नीगढी जयगढ वडा नं. २ का वडाध्यक्ष नेत्र साँउदले जानकारी दिए

२ दिनकी सुत्केरीको सहयोगी बनेर आफै गए वडाध्यक्ष ।

बयालपाटा अस्पतालबाट थप उपचारका लागि रेफर गरिएकी लक्ष्मीको सहयोगका लागि वडा नं. २ का वडाध्यक्ष नेत्र साँउद आफै गएका छन् । गम्भिर अवस्था रहेकी २ दिनकी सुत्केरीको सुर्खेतमा उपचारमा सहजिकरण गर्न आफै गएको वडाध्यक्ष साँउदले बताए । लक्ष्मीको घरमा उनलाई उपचारका क्रममा सुर्खेतमा रेखदेख गर्ने मान्छे नभएपछि वडाध्यक्ष साँउद आफै गएका हुन् ।

लक्ष्मीको बिरामी कुरुवाको रुपमा उनकी सासुआमा समेत साथमा गएकी छन् । तर सासुआमालाई सुर्खेतमा बुहारीको उपचारमा सघाउन असहज हुनेपछि वडााध्यक्ष साँउद आफै गएका हुन् ।