मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन नगरपालिका वडा न १३ को बस्तीमा विद्युत पुग्यो

मंगलसेन नगरपालिका वडा न १३ को बस्तीमा विद्युत पुग्यो


अछाम । भौगोलिक रुपमा विकट रहेको जिल्लाको मंगलसेन नगरपालिका वडा न १३ को बस्तीमा विद्युत पुगेको छ । नेपाल विद्युत प्राधिकरणको नियमति कार्य अन्तर्गत वडाको केन्द्र सम्म विद्युत पुगेको हो ।

वडामा ट्रान्सफर्मर जडानगरि विद्युत पुगेपछि आईतबार नगर उप प्रमुख संगीता रावल सोडारीले स्विच थिचेर विद्युतको उद्घाटन गर्नुभएको हो।

उद्घाटन कार्यक्रममा बोल्दै नगर उप प्रमुख सोडारीले आफुहरुले पहल गर्दा गर्दै पनि वडामा केही समय ढिलोगरि विद्युत विस्तार भएको हुदा अब यसलाई वडाका अन्य टोलका घर घरमा विस्तार गर्नका लागि नगरपालिकाको तर्फबाट पहल गरिने बताउनु भएको छ ।

भौगोलिक रुपमा विकट बस्तीमा विभिन्न चुनौतीका बाबजुद विद्युत विस्तार भएकाले स्थानीयले सकृयात देखाउनुपर्ने बताउनुभयो । पालिकामा रहेका अन्य वडाको तुलनामा बस्तीको विकास पछाडी रहेको भन्दै आगामी दिनमा यहाँका नागरिकहरुको समस्यालाई मध्यनजर गर्दै कामगर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष हिम्मत बहादुर बोगटीले अब वडाका टोल टोलमा विद्युत विस्तार गर्नका लागि वडा बाट आवश्यक बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

बोगटीले वडाले यो कार्यलाई पहिलो प्राथामिकता दिएको हुदा स्थानीयले पनि यस कार्यमा सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । अब चाडै अन्य टोलमा पनि विद्युत बाल्ने गरि कामगर्ने अध्यक्ष बोगटीको भनाई रहेको छ ।

गाउँमा बिद्युत पुगेपछि स्थानीय नागरिकहरु पनि निकै खुसी भएका छन । स्थानीय दिपक साउँदले हाम्रो वडामा ढिलोगरि विद्युत पुगेपनी आफुहरुलाई निकै खुसी लागेको बताउनुभयो ।

भौगोलिक रुपमा विकट रहेको आफ्नो वडालाई सरकारले पनि हरेक हिसाबले पहिलो प्रथामिकता दिनुपर्नेमा जोड दिनुभएको छ ।

आफु मात्रै होईन आफ्नो वडाका सबै नागरिकहरु गाउँमा विद्युत पुग्दा खुसी भएको साउदको भनाई छ । अर्का समाजसेवी लोकेन्द्र बहादुर थापाले अन्धकारमै दिन बिताई रहेका बस्तीका नागरिकहरुलाई अब धेरै कुराहरुमा सहज हुने विश्वाश व्यक्तगर्नुभएको छ ।

आज बस्तीका नागरिकहरु निकै खुसी छन यो खुसीलाई दिगो बनाउनुपर्ने थापाको भनाई छ । नेपाल विद्युत प्राधिकरण अछाम वितरण केन्द्रका प्राविधिक प्रमुख हिरेन्द्र कुवँरले आफुहरुको निकै मेहनत पछि बस्तीमा विद्युत बलेको भन्दै अब चाडै अन्य टोलरुहमा वितरण गर्ने योजनाका साथ काम भईरहेको बताउनुभयो ।

यो अभियानमा स्थानीयले हामीले अपेक्षा गरे अनुसार सहयोग नगरेको भन्दै उहाले स्थानीय युवाहरुको पनि साथ र सहयोग रहेको खण्डमा चाडै अन्य टोलहरुमा पनि विस्तार गरिने कुवँरको भनाई छ । प्राविधिक प्रमुख कुवरले भन्नुभयो अहिले गाउँमा विद्युत पुग्न थालेको र गाडिएका पोलहरुमा टासीने, तारहरुमा झुन्डीने, खेल्ने कामहरु बालबालिकाहरु बाट भईरहेकाले आफ्ना बालबालिकाहरुलाई जोगाउन अभिभावकलाई सुझाव समेत दिनुभएको छ ।

उद्घाटन कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मञ्जु महत, शिक्षा शाखा प्रमुख जगत बहादुर रावल, पानसरा रावल लगायत स्थानीहरुको सहभागिता रहेको थियो ।