मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन नगरपालिकाद्धारा किशोर किशोरि संग उप प्रमुख कार्यक्रम संचालन

मंगलसेन नगरपालिकाद्धारा किशोर किशोरि संग उप प्रमुख कार्यक्रम संचालन


अछाम । जिल्लाको मंगलसेन नगरपालिकाले किशोर किशोरि संग उप प्रमुख कार्यक्रम संचालन गरेको छ । उनीहरुका सवाल माथि छलफल गरि आगामी दिनमा किशोर किशोरि लक्षित कार्यक्रम संचालन गर्ने उदेश्यले कार्यक्रम संचालन गरिएको नगरपालिकाले जनाएको छ ।

नगर उप प्रमुख संगीता रावल सोडारीको नेतृत्वमा गएको एक टोलीले आईतबार वडा न १३ बस्तीमा रहेको शिशुु सुधार माध्यामिक विद्यालयका किशोर किशोरी संग बृत अन्र्तक्रिया गरेको छ । समुदाय तथा विद्यालय स्तरमा उनीहरुले भोगीरहेका समस्याहरु उनीहरुकै आवाज बाट सुन्ने र उक्त समस्याहरु कुन निकायबाट समाधान गर्न सकिन्छ त्यस विषयमा छलफल गरिएको उप प्रमुख रावलले बताउनुभयो ।

किशोर अवस्था निकै सवेदनशिल अवस्था भएकाले यो बेला उनीहरु साना साना कुराहरुलाई लिएर तनाव लिने र त्यही कारणले अप्रिय निर्णय समेत लिने भएकाले मनोसामाजिक परामर्श दाता सहित सरोकारवालाको सहभागितामा अन्र्तक्रिया कार्यक्रम संचालन गरिएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मञ्जु महतले जानकारी दिनुभएको छ ।

वडा अध्यक्ष हिक्मत बहादुर बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागि किशोर किशोरिहरुले आफुहरुले भोगीरहेका समस्याका बारेमा जानकारी गराउदै विद्यालयमा खानेपानी र उचित किसिमको शौचालय नभएको,पर्याप्त मात्रामा खेलकुदका सामाग्री नभएको तथा बालबिवाह भयावह अवस्थामा रहेको बताएका थिए ।

कक्षा १० मा अध्यानरत विद्यार्थि दिनेश भुल र निराजन बोगटीले आफ्नो विद्यालयमा आफुहरुले भोगि रहेका समस्याका बारेमा सरोकारवालालाई जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै किशोरी सृजना परियारले आफ्नो वडामा अहिले बालविवाह समस्याकै रुपमा रहेको बताउनुभएको छ ।

किशोर किशोरिहरु जानीजानी बालविवाह गरिरहेकाले यसको न्युनिकरणका लागि स्थानीय सरकारले बिशेष कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनुभयो । आफ्नो वडामा अहिले पनि छाउपडी कुप्रथा पनि कायमै रहेको सृजनाको भनाई छ । विद्यालयका प्रधानाध्यापक अर्जुन बहादुर थापाले आफ्नो विद्यालयमा सचेतनामुलक कार्यक्रम ल्याएकोमा धन्यवाद दिदै यस्ता रचनात्मक गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको छ ।

भौगोलिक रुपमा विकट रहेको वडामा अहिले पनि विभिन्न समस्याहरु रहेकाले समस्या समाधानका लागि पहल गरिदिन आग्रह गर्नुभएको छ । बस्तीमा बालविवाह प्रमुख समस्याकै रुपमा रहेकाले यसका लागि सरोकारवालाले बिशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभएको छ ।

कार्यक्रममा सहभागि सरोकारवालाले सोधेका प्रश्नको जवाफ दिदै नगर उप प्रमुख संगीता रावल सोडारीले किशोर किशोरिहरुका समस्या सुन्ने र समस्या समाधानका लागि आवश्यक गतिविधिहरु अगाडी बढाउने उदेश्यले यो कार्यक्रम संचालन गरिएको भन्दै विद्यार्थिहरुले उठाएका सवालमा आफ्नो गम्भिर ध्यानआकर्षण भएको बताउनु भएको छ ।

अहिले आफुहरु बजेट निर्माणकै चरणमा रहेकाले किशोर किशोरिहरुले उठाएका सवाललाई पहिलो प्रथामिकता राखेर कामगर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ । बालविवाह अहिले सबै ठाउमा समस्याकै रुपमा रहेको र यी समस्या समाधानका लागि के गर्न सकिन्छ पालिकाका छलफलको विषय बनाउने उहाको भनाई थियो ।

कार्यक्रममा बोल्दै शिक्षा युवा तथा खेलकुख शाखा प्रमुख जगत बहादुर रावलले यस्ता विकट क्षेत्रका सवाललाई पहिलो प्रथामिकता राखेर कामगर्ने प्रतिबद्धता जनाउनुभयो । शिशुसुधार जस्ता धेरै विद्यालयहरु अभावमै शैक्षिक गतिविधिहरु गरिरहेकाले आगामी दिनमा शिक्षा शाखाको तर्फबाट देखिएका समस्याहरु समाधान गर्नका लागि कार्यक्रमहरु अगाडी बढाउने बताउनुभयो ।

कार्यक्रममा सहभागि अन्य अभिभावकहरुले पनि किशोर किशोरी संग उप प्रमुख कार्यक्रमको खुलेर प्रशंसा गरेका थिए । अन्र्तक्रिया कार्यक्रममा मंगलसेन नगरपालिकामा कार्यरत मनोसामाजिक परामर्शदाता पानसरा रावलले मानसिक स्वास्थ्य केहो ? यसले के गर्छ भन्ने विषयमा जानकारी गराउनु भएको थियो ।

कायक्रमको उदेश्यका बारेमा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मञ्जु महतले जानकारी गर्नुभएको थियो भने कार्यक्रमको संचालन शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जगत बहादुर रावलले गर्नुभएको थियो । यो पहिलो चरणमा वडा न १३ बस्ती, वडा न १४ कालागाउँ र वडा न १ कुन्तीमा कार्यक्रम गरिने भएकाले अर्को बर्ष १४ वटै वडामा यो कार्यक्रमलाई अगाडी बढाउने योजना भईरहेको नगरपालिकाले जनाएको छ ।