मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पन्चदेवल विनायक नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

पन्चदेवल विनायक नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा


अछाम : जिल्लाको पन्चदेवल विनायक नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । पूर्ण खोपका सबै सूचांक पुरा गरेको आधारमा नगरलाई पुर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हो ।

नगरपालिकाले पूर्ण खोप सुनिश्चितता निर्देशिका बमोजिम सम्पूर्ण पक्रिया पुरा गरी १६ महिना देखि २३ महिना सम्मका बालबालिकाहरुलाई १५ महिनाको उमेर भित्र पाउनुपर्ने सवै खोप पाएकोले नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको पालिकाले जनाएको छ।

स्वास्थ्य शाखा मार्फत दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि नगरपालिकाको सवै वडामा नियमित खोपको घरभेट सर्वेक्षण गरी उमेरअनुसार खोप पाए/नपाएको एकिन गरी वडा र पालिकाको पुर्ण खोप सुनिश्चितता गरिएको हो ।

नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउनेले आगामी दिनमा समेत पुर्णखोपलाई निरन्तरता र सुनिस्चित भएको एकिन गरिराख्नु पर्ने बताइन् । यसका लागी स्वास्थ्य कर्मी, स्थानीय वडाका जनप्रतिनिधि र महिला स्वास्थ्य स्वयंमसोविकाहरुको ठुलो भुमिका रहेको भन्दै उनले धन्यवाद व्यक्त गरिन् ।

कार्यक्रममा प्रमुख अतिथि रहेका जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुँवरले घोषणा कार्यक्रमको उदघाटन गर्दै पूर्ण खोप सुनिस्चित गर्न पालिकाबासी सधै प्रतिबद्ध भएर लग्नु पर्ने र आगामी दिनमा समेत नगरपालिकालाई पूर्णखोप कायम राख्न क्रियाशील हुनु पर्ने बताए ।

कार्यक्रममा, नेपाली कांग्रेसका क्षेत्रीय सभापति पुष्प राज शर्मा, नगरपालिकाका उपप्रमुख, स्वास्थ्य शाखा संयोजक लगायत सबै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा स्वास्थ्य चौकिका ईन्चार्ज, स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो ।

स्थानिय श्रोतको उपयोग, स्वमित्व र सहभागीता : पूर्ण खोप सुनिश्चिता हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।