मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल विनायक नगरपालिकाे नगर सभा सम्पन्न

पञ्चदेवल विनायक नगरपालिकाे नगर सभा सम्पन्न

आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत पारित


अछाम : पञ्चदेवल विनायक नगरपालिकाकाे नगर सभा सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को प्रगति प्रतिवेदन तथा आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत पारित भए सँगै नगर सभा तथा १२ औँ अधिवेशन सम्पन्न भएको हो ।

पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउनेको अध्यक्षतामा सम्पन्न भएको नगर सभाले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ ।  

त्यस्तै, उप–मेयर हर्क रावलले आगामी आर्थिक वर्षका लागि ६६ करोड ८२ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

नगर सभामा विभिन्न विधेयकहरू सभाध्यक्षले प्रस्तुत गरे सँगै नगर सभाका सदस्यहरूले सर्वसम्मत पारित गरेका हुन् ।