मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बान्नीगढी जयगढ गाँउपालिकाद्धारा ३८ करोड १३ लाख १४ हजार बराबरको बजेट पारित

बान्नीगढी जयगढ गाँउपालिकाद्धारा ३८ करोड १३ लाख १४ हजार बराबरको बजेट पारित


अछाम : जिल्लाको बान्नीगढी जयगढ गाँउपालिकाले आगामी आर्थिक बर्ष २०८१८२ का लागि ३८ करोड १३ लाख १४ हजार बराबरको बजेट पारित गरेको छ । गाँउपालिकाको गाँउसभाको १२ औँ अधिबेशनले उक्त बजेट पारित गरेको हो ।

बजेट पारित हुनुपूर्व गाँउपलिका अध्यक्ष तथा सभाध्यक्ष टेक बहादुर साँउदले सभामा बजेट निणायर्थ प्रस्तुत गर्दा सर्वसम्मतले बजेट पारत भएको गाँउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बसन्त रावलले जानकारी दिए ।

गाँउपालिका उपाध्यक्ष बिन्दु रावलले प्रस्तुत गरेको बजेट व्यक्तव्यमा संघिय सशर्त अनुदान मार्फत १७ करोड १२ लाख ६७ हजार,, संधीय सरकारबाट समानिकरण अनुदान ७ करोड ८२ लाख, संघिय राजश्व बाँडफाड ७ करोड ६७ लाख, संघिय बिशेष अनुदान १ करोड २० लाख समपुरक अनुदान १ करोड १० लाख रहेको छ ।

प्रदेश सरकारबाट समानिकरण अनुदान ६५ लाख ३४ हजार, बिशेष अनुदान ७० लाख, समपुरक अनुदान ४७ लाख ५० हजा, सशर्त अनुदान २५ लाख ५० हजार तथा सवारी कर बाफत १३ लाख १३ हजार रहेको छ । उपाध्यक्ष रावलले प्रस्तुत गरेको बजेटमा थगाँउपालिकाले आन्तरिक श्रोतबाट ५० लाख आम्दानी हनुे अनुमान समेत गरेको छ ।

समृद्धीको आधार, बान्नीगढी सरकारले भन्ने नाराका सहित प्रस्तुत भएको बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, स्वरोजगार, खानेपानी, सड्क, पूर्वाधार, पर्यटन जस्ता बिषयलाई प्राथमिक्तामा राखिएको छ ।

तस्बिरहरु