मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बान्नीगढी जयगढ गाँउपलिकाको निति तथा कार्यक्रम सर्वसम्मतले पारित (पूर्णपाठ सहित)

बान्नीगढी जयगढ गाँउपलिकाको निति तथा कार्यक्रम सर्वसम्मतले पारित (पूर्णपाठ सहित)


अछाम : बान्नीगढी जयगढ गाँउपालिकाले आगामी आर्थिक बर्षका लागि निति तथा कार्यक्रम सर्बसम्मतले पारित गरेको छ ।
पालिकाको गाँउसभा अन्तर्गत १२ औँ अबिधेशनको बैठकले अध्यक्ष टेक बहादुर साँउदले प्रस्तुत गर्नु भएको निति तथा कार्यक्रम सर्ब सम्मतले पारित गरेको हो ।

अध्यक्ष साँउदले प्रस्तुत गर्नु भएको निति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाईत र स्वच्छता, सामाजिक समाबेशिकरण तथा गरिबी निवारण, रोजगारी तथा मानव संसाधन विकास, युवा तथा खेलकुद विकासलाई प्राथमिक्तामा राखिएको छ ।

समृद्धीको आधार : बान्नगिढी सरकार” भन्ने नारालाई सार्थ पार्न सामाजिक न्याय, पोषणमैत्री स्थानिय शासन, आर्थिक विकास अन्र्तगत कृषी तथा पशुपालन, पर्यटन, उद्योग तथा वाणिज्य, विपत व्यावस्थापन तथा पूर्वाधार विकास सम्बन्धि निति अन्र्तगत सड्क, भवन तथा सिचाई, व्यवस्थित बस्ती विकास, वैकल्पिक उर्जा र संस्थागत विकासका साथै सेवा प्रवाह तथा शुशासन रहेका छन् ।

सुन्दर बान्नीगढी हराभरा : अर्गानकि खाना हाम्रो आहारा” को अभियान मार्फत स्वच्छ फलफुल तरकारी मार्फत स्वास्थ्य सचेतना अभिबृद्धी गर्ने कार्यक्रम सञ्चालन गरिने अध्यक्ष साँउदले प्रस्तुत गरेको निति तथा कार्यक्रममा भनिएको छ ।


यस्तै पालिकाले कृषी उत्पादन बढाउने उद्देश्यका साथ “उत्कृष्ट किसान : हाम्रो सान” भन्ने नारालाई आत्मसाथ गर्दै कृषिी उत्पादन बृद्धिमा उल्लेखनिय योग्दान पुर्याउने कृषकलाई पुरस्कृत गर्ने निति लिएको छ ।

तस्विरहरु

हेर्नुस पूर्णपाठ