मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिटिएस टावरमा विस्तारित सेवा २ महिना देखि अवरुद्ध

बिटिएस टावरमा विस्तारित सेवा २ महिना देखि अवरुद्ध


अछाम : बयालपाटा अस्पताल परिसरमा जडान भएको नेपाल टेलिकमको बिटिएस टावर २ महिना देखि अबरुद्ध भएको छ । नयाँ टावर निर्माण गरि क्षमता विस्तार गरे पनि टावरले काम गरेको छैन । २ महिना पहिले त्रिजी सेवा मात्र रहेको बिटिएमा क्षमता बृद्धि गरि टु जी र फोर जि सञ्चालन हुने गरि क्षमता विस्तार गरिएको थियो ।

क्षमता विस्तार भएपनि तर उक्त टावरले २ महिना देखि काम नगरेको बयालपाटा अस्पतालका सुचना प्रविधि अधिकृत दिपक बिष्टले बताए ।

पहिले ३ जि सेवा मात्र भएको बिटिएसमा क्षमता विस्तार गरि राम्रो सेवा दिने बनाईएको भएपनि ट्राफिक क्षमता बढी भएकाले बिटिएसले धान्न नसक्दा २ जि र ४ जि सञ्चालन हुन नसकेको नेपाल टेलिकमका प्राबिधिक अधिकृत लोक बहादुर खड्काले बताए ।

टावरमा क्षमता थप गरे मात्र सेवा सञ्चालन हुने भन्दै उनले सो कार्यका लागि आफुले पटक पटक प्रादेशिक कार्यालय अत्तरियामा कुरा गर्दा पनि आवश्पक उपकरण उपलब्ध नगराएको बताए ।

टेलिकमले सामान उपलब्ध गराएमा आफुले काम गरेर सेवा सञ्चालनमा ल्याउने सक्ने उनको भनाई छ । तर २ महिना भईसक्दा पनि टेलिकमले सुनुवाई नगरेको उनको गुनासो छ ।