मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुर्माखाँद गाँउपालिकाको तोसीमा करेन्ट लागेर एक बालकको मृत्यु

तुर्माखाँद गाँउपालिकाको तोसीमा करेन्ट लागेर एक बालकको मृत्यु


अछाम : अछाम जिल्लामा करेन्ट लागेर एक बालकको ज्यान गएको छ । जिल्लाको तुर्माखाँद गाँउपालिका वडा नं. ६ रानिवनका धर्मे कामीका छोरा १५ बर्षिया बिमल बिकको ज्यान गएको हो ।

कामेश्वरी माबी रानीबनमा कक्षा ९ मा अध्ययनरत बिक आउदो १७ गते देखि हुने त्रैमासिक परिक्षाको सामाग्री लिन जाँदा पालिकाको वडा नं. ७ तोसीको नथखोलामा बिद्युतको तारबाट करेन्ट लागेर ज्यान गएको हो ।

बिद्युतको पोलमा रहेको पिन फुटेर तार भुइँमा लछारिएको तारबाट करेन्ट लाग्दा सोही ठाँउका कक्षा ९ मा अध्ययरत छात्र झंकर बिक घाईते भएका थिए ।

लछारिएको तारका कारण उनिहरुलाई करेन्ट लागेको बुझिएको छ । बिद्युत कार्यालयको लापरबाहीका कारण लापरबाही छोराको ज्यान गएको उनको बुवा धर्मे कामीले दुखेशो व्यक्त गरे ।