मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किशोरावस्थाको महत्व र समाजलाई दिने योगदानबारे बुझाउनु पर्छ : उप प्रमुख सोडारी

किशोरावस्थाको महत्व र समाजलाई दिने योगदानबारे बुझाउनु पर्छ : उप प्रमुख सोडारी


अछाम : मंगलसेन नगरपालिका उप प्रमुख संगीता रावल सोडारीले किशोर किशोरीका सवाललाई वेवास्ता गर्न नमिल्ने बताउनुभएको छ ।

धेरै ठाउमा किशोर किशोरीका सावललाइ प्राथामिकता नदिने गरेको गुनासो बढेकाले उनीहरुका सवाललाई हरेक क्षेत्रमा स्थान दिन आवश्यक रहेको बताउनुभयो ।

किशोर किशोरीका सवाल माथि गम्भिर रुपमा छलफल गरि आगामी दिनमा सोही ढंगले कार्यक्रमहरु तय गर्ने उदेश्यले आफुले मंगलसेन नगरपालिकामा किशोर किशोरी संग उप प्रमुख कार्यक्रम संचालन गरेको भन्दै उप प्रमुख रावलले आजका किशोर किशोरीलाई असल शिक्षा दिए मात्रै भोली समुन्नत समाज निर्माण हुने विश्वाश ब्यक्तगर्नुभएको छ ।

आइतबार मंगलसेन नगरपालिका वडा न १२ को बान्नातोलीमा रहेको पार्वति माविमा आयोजना गरिएको किशोर किशोरी संगको बृहत अन्र्तक्रिया कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै उप प्रमुख रावलले किशोर–किशोरीलाई किशोरावस्थाको महत्व, उपयोग र समाजलाई दिने योगदानबारे बुझाउन किशारे किशोरी संग उप प्रमुख कार्यक्रम संचालन गरिएकोे बताउनुभयो ।

किशोरावस्थालाई राम्ररी बुझेर उपयोग गर्नसके उनीहरु मात्र नभएर समाज र देशकै सुन्दर भविष्य निर्माण गर्न सकिन्छ भन्ने मनोविज्ञानका साथ कार्यक्रमको सुरुवात गरिएको उप प्रमुख रावलको भनाई छ ।

कार्यक्रममा किशोरावस्थाको महत्व, गर्न सकिने काम र प्राप्त हुने सफलता, भविष्यमा गर्ने दिसानिर्देशलगायत बिभिन्न कुराबारेमा अन्र्तक्रिया समेत हुने गरेको छ । किशोरावस्थाको सदुपयोग गर्दै समाजमा विद्यमान बिकृति, बिसंगति र सामाजिक अपराधमा कमी ल्याउन सकिने उहाको भनाइ छ ।

कार्यपालिका सदस्य मुगा परियारको अध्यक्षतामा भएको कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मञ्जु महतले कार्यक्रमको उदेश्यका माथि प्रकाश पार्नुका साथै शाखा मार्फत महिला बालबालिका, जेष्ठ नागरिक तथा किशोर किशोरीको क्षेत्रमा हाल सम्म गरेका गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो भने आगामी दिनमा गर्ने कृयाकलापका बारे योजना समेत सुनाउनु भएको थियो ।

कार्यक्रममा मंगलसेन नगरपालिकाका सामुदायिक मनोविमर्शकर्ता कोडीनेटर पानसरा रावलले किशोरअवस्थामा देखापर्ने मनोसामाकिज असर र यसको समाधानका उपायका बारेमा जानकारी गराउनु भएको थियो ।

अन्र्तक्रिया कार्यक्रममा वडा सदस्य रुपक कुवँर, शिक्षक अभिभावक संघ अध्यक्ष भोजराज भाट, विद्यालय व्यवस्थापन समितिका सदस्य डम्बर बहादुर रावल, विद्यालयका प्रधानाध्यापक नर बहादुर बिष्ट लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा सहभागि किशोर किशोरीहरुले आफुले गाउँसमाजमा भोगी रहेका समस्याका बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सहजिकरण रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापाले गर्नुभएको थियो ।