मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्व. गिरिजा प्रसाद कोईरालाको शताब्दिऔँ जन्मजयन्तीको अवसरमा बिरामीलाई फलफुल बितरण

स्व. गिरिजा प्रसाद कोईरालाको शताब्दिऔँ जन्मजयन्तीको अवसरमा बिरामीलाई फलफुल बितरण

बयालपाटा अस्पताल जनताको मुटु हो, यो बन्द भए मृत्यु निश्चित छ : नेता स्वाँर


अछाम : पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापती स्व. गिरिजा प्रसाद कोईरालाको शताब्दिऔँ जन्मजयन्तीको अवसरमा बयालपाटा अस्पतालमा भर्ना भएका बिरामीलाई फलफुल वितरण गरिएको छ ।

नेपाली कांग्रेस क्षेत्रिय कार्यसमिती क्षेत्र नंं.१ को आयोजनामा अस्पतालमा भर्ना भएका ४८ जना बिरामीलाई फलफुल वितरण गरिएको क्षेत्रिय सभापती कृष्ण बुढाले जानकारी दिए ।

कांग्रेस क्षेत्रिय सभापती कृष्ण बुढाको अध्यक्षतामा भएको फलफुल वितरण कार्यक्रममा पूर्व पार्टी सभापती एवंम महासमिती सदस्य भरत कुमार स्वाँर प्रमुख अथिति रहेका थिए ।

बयालपाटा अस्पताल जनताको मुटु हो, यो बन्द भए मृत्यु निश्चित छ : नेता स्वाँर

प्रमुख अथिति रहेका नेता स्वाँरले स्व. गिरिजा प्रसाद कोईरालालाई स्मरण गर्दै उनको योग्दानमा देशमा गणतन्त्र स्थापित भएको बताए । स्व. कोईरालाले देशमा निशुल्क शिक्षा, स्वास्थ्य हुनुपर्छ र देश विकासमा ठुलो योग्दान दिएको नेता स्वाँरले स्मरण गरे ।

स्व. नेता कोईरालाले युद्धमा रहेको माओबादीलाई १२ बुदे सहमतीमा ल्याएर शान्ति ल्याउन अतुलनिय योगदान गर्नुका साथै जनताले आफ्ना आधारभुत आवश्यक्ता निशुल्क पाउन पर्छ भनेर मृत्युशैयामा हुदाँसम्म पनि लागिपरेको नेता स्वारले बताए । अहिलेको नेताहरुले गणतन्त्रको दुरुपयोग गर्दे बदमासी गर्नु बाहेक जनताका लागि काम नगरेको बताए ।

एक फरक प्रसंगमा बोल्दै पूर्व जिविस सभापति रहेका नेता स्वाँरले बयालपाटा अस्पताल प्रदेशको मारमा परेको भन्दै नेता स्वाँरले यसका लागि जुनसुकै सरकार आएपनि सबैले एक भएर लाग्नुपर्ने बताए । बयालपाटा अस्पताल सुदूर पहाड र कर्णाली प्रदेशका केही जिल्लाको मुटु भएको भन्दै उनले यो बन्द भएमा यस क्षेत्रका जनताको अकालमा मृत्यु निश्चितप्राय रहेको बताए ।

फलफुल वितरण कार्यक्रममा पार्टी उपसभापती अर्जुन ताम्राकार, क्षेत्र नं. २ का सभापती पुष्पराज शर्मा, जिल्ला समन्वय समिती अछामका प्रमुख ललित बहादुर कुवँर, युवा नेता जयन्द्र स्वाँर, जिल्ला कार्य समिति सदस्य राम कुँवर, गोकुल भाट, प्रदेश सभा सभापती महेश खड्का, साँफेबगर नगर कार्यसमिति सभापती लाल बहादुर कुँवर नेत्र, बान्नीगढी जयगढ गाँउ कार्य समिती सभापपती कर्ण ठकुल्ला, वडाध्यक्ष प्रकाश अधिकारी, जनक कडायत, नेविसंघका केन्द्रिय सदस्य उमेश कुवँर, सुशिल कुँवर, जिल्ला अध्यक्ष खेमराज खड्का लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रजातन्त्र, लोकतन्त्र हुदैँ गणतन्त्र प्राप्तीमा नेपाली राजनितिका शिखर पुरुष स्व. कोईरालाको महत्वपूर्ण योगदान रहेको भन्दै उनको सम्झनामा कांग्रेसले आज पार्टी कार्यालय सानेपा सहित देशभर कार्यक्रम गरिरहेको छ ।

तस्विरहरु