मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लाईन्स क्लब अफ साफेबगरद्धारा बयालपाटा अस्पताललाई २ लाख ५० हजारको चेक हस्तान्त्ररण

लाईन्स क्लब अफ साफेबगरद्धारा बयालपाटा अस्पताललाई २ लाख ५० हजारको चेक हस्तान्त्ररण


अछाम ः अछामको बयालपाटा अस्पतालमा ब्लड बैँक स्थापनाका लागि लाईन्स क्लब अफ साँफेबगरले संकलन गरेको पहिलो चरणको रकम हस्तान्त्ररण गरेको छ । बिहिबार क्लबका अध्यक्ष कृष्ण कुवँरले पूर्वी चौकी गाँउपालिका डोटीबाट प्राप्त भएको २ लाख ५० हजारको चेक हस्तान्त्ररण गरेका हुन् ।

उक्त चेक बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर मन्दिप पाठकलाई हस्तान्त्ररण गरेका हुन् । अछाम जिल्लामा ब्लड बैँक नहुदाँ बिरामीले अकालमा ज्यान गुमाउनु पर्ने बाध्यताको अन्त्यका लागि लाईन्स क्लब साँफेबगरले बयालपाटा अस्पतालमा ब्लड बैँक स्थापना गरी सञ्चालन गर्न आर्थिक सहयोग गर्ने गरि छैटौ साँफेबगर महोत्सब समेत सञ्चालन गरेको थियो ।

उक्त महोत्सबका क्रममा अछाम, बाजुरा र डोटीका बिभिन्न पालिकाले घोषणा गरेको रकम र अन्य क्षेत्रबाट संकलन भएको रकम बयालपाटा अस्पताललाई बुझाईने अध्यक्ष कुवँरले बताए । हालसम्म संकलन भएको रकम मध्य २ लाख ५० हजार हस्तान्त्ररण गरिएको र यसपछि असार मसान्त भित्र थप रकम हस्तान्त्ररण गरिने उनले बताए ।

साँफेबगर नगरपालिकाबाट ५ लाख, बान्नीगढी जयगढ गाँउपालिकाबाट ५० हजार, पञ्चदेवल बिनायक नगरपालिकाबाट २ लाख, पूर्वी चौकी गाँउपालिकाबाट २ लाख ५० हजार प्राप्त भएको अध्यक्ष कुवँरले बताए । अन्य ठाँउबाट घोषणा भएको रकम प्राप्त हुन बाँकी रहेको अध्यक्ष कुवँरले जानकारी दिए ।