मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा रेबिज रोग पुस्टी : सचेत रहन विज्ञ केन्द्रको सुझाव

अछाममा रेबिज रोग पुस्टी : सचेत रहन विज्ञ केन्द्रको सुझाव

रेबिज रोग लागिसकेपछि बाँच्न गाह्रो हुन्छ


अछाम : अछाममा रेबिज रोग देखा परेको छ । मङ्गलसेन नगरपालिकाका विभिन्न वडाहरूमा भाैतारीँदै गरेको कुकुरको नमुना परीक्षण गर्दा रेबिज रोग देखिएको हो ।
मङ्गलसेन नगरपालिका वडा नम्बर ३,५,८, १०,११ र १२ मा एउटा कुकुर ले  केही दिनदेखि असामान्य लक्षण देखाई केही पशु चौपाया र मानिसलाई समेत टोक्दै गइरहेको भन्ने सूचना पाए लगत्तै पशु सेवा प्राविधिकको टोलीले मृत अवस्थामा फेला पारेको कुकुरको नमुना सङ्कलन गरी पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा पठाएको उक्त कुकुरमा शुक्रवार आएको रिपोर्टमा रेबिज पोजेटिभ पाइएको पशु सेवा प्राविधिक प्रेम जैसीले जानकारी दिए ।

पञ्चदेवल विनायक नगरपालिका का पशु सेवा शाखा प्रमुख रहेका जैसीका अनुसार मृत भेटिएको कुकुरले टोकेका कतिपय मानिस तथा पशु वस्तुमा रेबिज विरुद्धको खोप लगाइएको छ ।

रेबिज रोग पुस्टी भएको उक्त कुकुरले टोकेका सबै मानिस तथा पशुपंक्षी हरू ले अनिवार्य रेबिज विरुद्ध को खोप लगाउनुपर्ने र सचेत हुनु पर्ने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मङ्गलसेनले आग्रह गरेको छ ।
विशेषज्ञहरूका अनुसार रेबिज भाइरसको सङ्क्रमण भएपछि पनि समयमा उपचार गरे केही समयसम्म ज्यान जोगाउन सकिन्छ । त्यसैले समयमै उपचार गर्नुपर्ने उनीहरूको सुझाव छ ।

के हो रेबिज, कसरी सर्छ ?
सुरुमा जनावरको र्यालमा रहेका भाइरस जनावरको टोकाइबाट घाउमा पुग्छ । यो भाइरस रगत र लिम्फबाट नभई छालामुनिको भित्री तन्तु र मांसपेशी हुँदै परिधीय स्नायु, मेरुदण्ड र अन्त्यमा गिदीसम्म पुग्दछ । गिदीमा सङ्क्रमण  भएपछि मात्र विशेष लक्षणहरू देखिन्छन् । अन्त्यमा गिदीका मसिना स्नायुबाट भाइरस र्याल ग्रन्थि, छाला, आँखाको कोर्निया र अन्य अङ्गमा पुग्दछ । यस्ता सङ्क्रमित जनावारले टोक्दा र्याल ग्रन्थिमा भएको भाइरस फेरि अर्को जनावरको शरीरमा प्रवेश गर्छ । रेबिज एक किसिमको भाइरसले लाग्ने रोग हो । रेबिज लागेको कुकुर, स्याल वा अन्य जनावरमा रेबिज भाइरस हुन्छ । कुकुर, स्याल, चमेरो, बिरालोलगायत तातो रगत हुने र स्तनधारी जनावरबाट रेबिज भाइरस सर्ने गर्छ । त्यस्ता जनावरले टोकेपछि घाउका माध्यमबाट रेबिज भाइरस शरीरमा प्रवेश गर्छ । जसले गर्दा मानिसमा रेबिज रोग लाग्छ ।

लक्षण
रेबिज लागेमा ज्वरो आउने, झमझमाउने, टोकेको ठाउँमा अत्यधिक दुख्ने हुन्छ । त्यस्तै पानी, हावादेखि डराउने, चिटचिटाहट हुने, रिसाउने जस्ता समस्या पनि देखिन्छ । रेबिजका कारण आँखा, नाक, मुख र शरीरमा घाउ हुने गर्दछ । यसबाट अरू मानिसमा पनि सर्न सक्छ । रेबिजका बिरामीले पानी पिउँदा घाँटीमा दुख्ने गर्छ । रेबिजले स्नायु प्रणालीसँगै श्वासप्रश्वासमा पनि बाधा उत्पन्न गर्न थाल्छ । रेबिजका कारण हृदयाघात र मृत्यु पनि हुन सक्छ ।
 

उपचार विधि
रेबिज रोग लागिसकेपछि बाँच्न गाह्रो हुन्छ । रेबिजपछि बिरामीको दुखाइ व्यवस्थापन र बाँचुन्जेल सजिलो बनाउने मात्र हो । घरपालुवा कुकुरलाई नियमित रूपमा खोप लगाउने, भुस्याहा कुकुरबाट बच्ने र सम्भव भए व्यवस्थापन गर्ने । कुकुर, स्याल, चमेरो, बिरालोको टोकाइपछि रेबिजविरुद्धको खोप लगाउने, रेबिजको भाइरस हुने सम्भावित जनावरले टोकेपछि तत्काल साबुनपानीले घाउ सफा गर्ने । जतिसक्दो चाँडो अस्पताल पुर्याई रेबिजविरुद्धको खोप लगाउनु उपयुक्त हुन्छ ।  कुकुरले टोकेपछि छिटो भ्याक्सिन लगाउँदा भाइरस धेरै फैलिन पाउँदैन । कुकुरले टोकेको ४८ देखि ७२ घण्टासम्म भ्याक्सिन लगाउनुपर्ने चिकित्सकहरूको भनाइ छ ।