मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एका बिहानै चार बोत्तल ठर्रा हानिकन : दाेस्ताज

एका बिहानै चार बोत्तल ठर्रा हानिकन : दाेस्ताज

यस शहरमा फ्रस्ट्रेट हुन निस्केको छु म:


एका बिहानै
चार बोत्तल ठर्रा हानिकन:
यस शहरमा
फ्रस्ट्रेट हुन निस्केको छु म:

यहाँ हर कोहि फ्रस्टेड छन
हर कोहि दुखी छन
सुखी पनि छन
जस्तो कि!
-पागल ठिक छ
-जडयाह ठिक छ
-गजेडी ठिक छ
-हङ्सले ठाउँ छोडेको शरीर ठिक छ

यहाका जम्मै जम्मै प्रेमीहरु
प्रेमको सर्टेजमा फ्रस्ट्रेड छन
यो शहर
एनजाईटिको सिकारमा परेको छ

यहाँ
कबिहरु फ्रस्ट्रेड छन
आर्टिस्ट हरु दुखी छन
पत्रकार हरु फ्रस्टेड छन

दिन दिन भर
नक्कली आँसु देखाई कन
गरिबका आखामा
छारो हाल्छ यो शहर
आफ्नै गोडा काटिकन:
बैसाखी किन्ने पैसा माग्छ यो शहर
यो लुट शहर हो
यो मानसिक सन्तुलन गुमाएको शहर हो

फ्रस्ट्रेट छन यहाँ जो कोहि
जस्तो कि
-मास्कका बिद्यार्थी
-छालाका ब्यापारी
-धन्दाका धार्मीक ग्रान्थहरु

यो शहर
बाहिर मो:मो पसल भनी
होर्डिङ बोर्ड टास्छ

भित्र योनिको व्यापार गर्छ
यो शहर
फुल भनीकन
तिखिला किलाहरु बेच्छ
यहाका एन जी आई एनजी का चेलिहरु
चेली बचाउ भनी
चेलिहरु ओसारपसार गर्छन
यो फ्रस्ट्रेड शहर हो

यहाँ
हर कोहि फ्रस्ट्रेड छ
यो फ्रस्ट्रेसन लेख्ने
लेखक पनि फ्रस्ट्रेट छ
यो फ्रस्ट्रेसन पढ्ने
पाठक पनि फ्रस्ट्रेड छ

ठाउँ ठाउँ बाट उध्रेको
यो शहर
फ्रस्टेड छ आफैदेखी:

~दोस्ताज

दाेस्ताज महेश पछिल्लो युवा पुस्ताले अत्यन्त रुचाएका कवि हुन् ।