मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधीलाई अशभ्य भाषा प्रयोग गरि बदनाम गराएको भन्दै नेबिसंघ अछामद्धारा खेद प्रकट

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधीलाई अशभ्य भाषा प्रयोग गरि बदनाम गराएको भन्दै नेबिसंघ अछामद्धारा खेद प्रकट


अछाम : नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिका विरुद्धमा पूर्वाग्रह ढंगले नियोजित रूपमा समाचार प्रकाशित भएको खण्डन गर्दै नेपाल विद्यार्थी संघ अछामले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै जिल्लाको निर्वाचन क्षेत्र नँ. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय सांसद श्री पुष्प बहादुर शाह र पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख श्री अम्बिका चलाउने, उपप्रमुख श्री हर्क बहादुर रावल लगायत वडा अध्यक्ष सहितका जनप्रतिनिधिका बिषयमा अशभ्य भाषा प्रयोग गरि बदनाम गराउने उद्देश्यले समाचार प्रकाशित गरेको भन्दै खेद प्रकाट गरेकोे हो ।

व्यावसायिक पत्रकारिताको धर्म बिर्सेर चरित्र हत्या गर्ने नियतले अतिरञ्जित हुनेगरी सामाग्री सार्वजनिक गरिएको भन्दै नेविसंघले यसलाई पित पत्रकारिताको उपज भएको संज्ञा दिएको छ । नेपाली कांग्रेसबाट निर्वाचित सांसद र जनप्रतिनिधीले जनताका पक्षमा निरन्तर रुपमा काम गरिरहे पनि बदनाम गराउने नियतले समाचार सामाग्री प्रकाशति गरेको नेबिसंघ अछामका अध्यक्ष खेमराज खड्काद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

पत्रकारिताका नाममा “झुटा, असत्य, तथ्यहीन र भ्रामक कुर्रा तत्काल बन्द गर्न विज्ञप्ती मार्फत नेबिसंघले माग गरिको छ । पत्रकारिताको नाममा उच्छृङ्खखल गतिविधि गर्नेहरुलाइ साइबर क्राइमको दायरामा ल्याएर कानुनी कार्बाहीका लागि प्रेस काउन्सिल नेपाल सँग जोडदार माग गर्दछौ विज्ञप्तीमा थप भनिएको छ । सुदूर भ्वाईस नामक अनलाईनले यसअघि माननिय पुष्प बहादुर शाह र पञ्चदेवल बिनायक नगरपालिकाका बिषयमा भिडियो सामाग्री सहितको समाचार प्रकाशित गरेको थियो ।