- जनक भण्डारी
घरबाट चटककै छाडेर दुर देश पुग्ने रहर कसैलाई हुँदैन । मानिस हरू अनेकौँ पिडा अनि दुख सहेर प्रदेशमा बसिरहेका छन । प्रदेशीनुका पनि अनेकौँ पीडा छन आफ्नै छुट्टै कथा छन । पछिल्लो अवस्थामा आफ्नो घर परिवार सँग टाढा हुने हरू सबै बाध्यताले नै हो ।घरमा बसेर परिवारको जीवनयापन गर्न धेरै कठिन हुन थालेपछि मानिस हरू मुग्लान पुगिरहेका छन । सुखी सम्पन्न जीवन यापन धेरै परको कुरा भयो छाक टार्न पनि मुस्किल हालतले हाम्रा किशोर , युवा , प्रौढ अनि जेष्ठ नागरिक समेत देश बाहिर पुगेका छन ।
जग्गा जमिन नभएको कहाँ होर ! बाजे बराजुको नाममा दर्ता स्रेस्ता कायम भएको जग्गा जमिन पनि प्रशस्त भएका हरू लाइ उहिले जस्तो खाद्यान्न बेचेर घरबार चलाउन गाह्रो भए पछिको विकल्प उही भारत नै हो । छोराछोरी पढाउन अनि परिवारका सदस्य हरूको स्वास्थ्य उपचारका लागि पनि भारत नपुगी सुख छैन । गाउँ घरमा पुग्दा उहिले अनि अहिलेको तुलना गर्दा मेरो मन भक्कानिएर आउँछ । पारिवारिक र राजनीतिक रूपले दिएको विभाजनको पीडाको थिलोथिलो भएको गाउँ समाज देख्दा रुन मन लाग्छ ।
स्कुल पढेर उचित शिक्षा प्राप्त गरेर गाउँ समाज र देशमै केही गरौंला भन्ने मनमा भावना भएका हरू हाम्रो त तर कतिपय पढाइ लेखाइ सकेर रोजगार भएका हरू पनि आर्थिक भार ले थिचिएर गाउँ घर बाट दुर पुग्नुपर्ने बाध्यता छ । कतिले खाइपाइ आएको जागिर छोडेर प्रदेशीनु परेको छ कतिले देशमा रोजगारी नपाउदा देरै जस्तोत छाक गुजारा चलाउनै नसकेकाले गरिबी बेरोजगारी अभाव ,सामाजिक दबाब सांस्कृतिक र पछौटेपन पुरातन सोच ले हरेकलाई लगाउने लान्छना हुनेखाने र नहुने बिचको ठुलो खाडलले मन मुटुमा निकै चिरेर नुनचुक छरे जस्तो भयो । समय फेरिदै जान्छ मान्छेमा जिम्मेवारी र परिचय फेरिदै जान्छन।
त्यसैले हिजो ‘बुवा आमा र अग्रज दाजु ‘को मया ममता बस्ने आज न आँखाले देख्न सक्ने न त सजिलै भेट्न नै सक्ने गरि सात समुन्द्र पारीको देशबाट केवल माया ममता र यादै यादमा मनको भक्कानोमा पौडिरहेको हुन्छ प्रदेशी। प्रदेशी शब्द,भन्दा, सुन्दा नै नमिठो लाग्छ।जन्म गाउँ साथै हुर्केका साथिभाई आमा बुवा दाजु भाइ धर्म पत्नी सँग बिछ्याइएर भाषा रहन सहन नमिल्ने बिरानो देश प्रदेशमा प्रदेशीनु मनले फेरी भेट हुन्छ होला कि हुन्न होला बिरानो देशमा के होला कस्तो होला मरिन्छ बाचिन्छ भन्ने कुरा खुलदुली चलाइ रहेको हुन्छ ।
महिना,वर्ष दिन बार समय चक्र बदलिँदो हुन्छ हरेक मानिसको आवश्यकता , जिम्मेवारी पनि सँगै फेरिदै जान्छ। जिम्मेवारी थपिदै जान्छन आवश्यकता परिपूरण गर्ने सजिलो र सरल बाटो बनाउने प्रयासको बाटो बनाउने ठुलो धोकोले प्रवास आँखा अगाडि देखिन्छ । आमा बुवा को सत्कार ,धर्म पत्नीलाई माया छोराछोरी को स्याहार सामाजिक सेवाभाव साथि भाईको माया आफ्ना सबै सपना मन भरी पोको पारेर भविष्यको खोजीमा आफू एक्लिएको अनुभूति गर्दै प्रदेशी हुन्छ । जीवनयापनको छुट्टै सपना बोकेर प्रदेशीयको प्रदेशीले छुट्टै सपना देखेको हुन्छ ।
घर परिवारलाई आफ्नो घरको सदस्य प्रदेशको दिनबाट घरमा पैसा आउने दिन गनेर बसि रहेका हुन्छन् एक छाक आनन्द ले खाउला साहुको ऋण तिर्न सजिलो होला खेतबारी बेचबिखन हुनबाट जोगिएला भनेर । मन भित्रको रहर हामीले कल्पना गरेको भन्दा जति सुन्दर र वास्तविक छ त्यति स्वार्थी र निरीह पनि छ भन्ने कुरा के थाहा र पैसा आउने दिनको लागी औला भाँच्दै बस्ने बुवा आमा दाजुभाई श्रीमती र छोराछोरीलाई ।
“मनको बह बेथा कसैलाइ भने कसैसँग नबोलु सम्पर्क बिहिन भइहालौ भने पनि गाउँ समाजले त्योत तेस्तै हो भनेर पुस्तौँदेखिको भए नभएको कुरा जोडेर लौ फलानो ठुलो पल्टियो के विदेश गएको थियो हामीलाई गनदै नगन्ने भो चिनेका छौ तेस्तैत हो भन्छन्। सम्पर्क बढायो सन्चो बिसन्चो काम के कस्तो छ भनेर सोध्नु भन्दा पहिले साहुले सोदलान मेरो पैसा कहिले पठाउछस घर पिरवार अमा बा छोराछोरीले पैसा पठाई दिनु भन्छन ।
मैले लामो समय पत्रकारिता गरे अहिले राजनीतिमा सक्रिय छु। म स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पनि भए । त्यसैले होला गाउँका दाजुभाइ सँग नजिक छु । म प्राय स्वास्थ्य उपचारका लागि भारतमा गइरहेको हुन्छु । रोजगारीको सिलसिलामा त्याहा बस्ने साथी भाईका अनुभव अनि गुनासा सुनेको छु । त्यहाँ फेसबुक मेसेन्जरमा कल गरेर राम्रो मोबाइल , खानेकुरो पाइन्छ रे !लुगापनि राम्रो पाइन्छ पठाईदिनु जस्ता कुरा सुन्दा उनीहरु खिन्न मानिरहेका हुन्छन । कुरा धन पैसा सँगनै जोडिन्छ। लौन हामिलाइ पनि एउटा सम्झनाको चिनो पठाइ दे हामी पनि आफ्नो बेला भए हेरुला भनेर गुनासो पोख्छन बिचरा।
उनीहरुलाइ के थाहा मैले आफ्नो सामान्य गुजारा चलाएको छ भन्ने यस्तै यस्तै अनुभव अनि गुनासो सँग साक्षात्कार भएको छ। आखिर पिडा, समस्या ,अभाव,धर्म संस्कार र स्वाभिमानको परिधिबाट छुट्टै बस्न सक्दैन। घर परिवार सबैको सपना पुरा गर्ने लक्ष्य बोकेको प्रदेशी कहिले खाई नखाई र आधा पेटमा दिन बिताईरहेको हुन्छ अर्ध निन्द्रामा राता सुनिएका आँखा अनिधोको प्रमाण लिएर आँखा मिच्दै काममा दौडिरहेको हुन्छ। भविष्यको खुसीको लागी एक सपना बोकेर।
श्रम र कर्मको युद्धमा होमि सकेको सिपाही झै दौडिरहेको हन्छ। प्रदेशमा काम पाउन र काम गर्न पनि सजिलो कहाँ छर भनेर सोचे जस्तो काम छैन काम पाउनै गार्हो पाईहाले टिक्म गार्हो टिकिहाले पनि जीवन मरणको दोसाँध हुन्छ ।ज्यानै जोखिम राख्नुपर्ने बाध्यता छ पिडै पीडा ले भरिएको संघर्ष पुर्ण जीवन हुन्छ प्रवासी प्रदेशिको ।रोजगारीका लागि छिमेकी मुलुक भारतका विभिन्न गाउँ शहर ,तेस्रो मुलुक अमेरीका,जापान ,मलेसिया ,क्रोसिया ,साईपस,क्यानडा ,प्रचुगल लगएतका देशमा लाखौं युवा युवती रोजगारीका लागि कामको शिलशिलामा छन प्राय कति कोत दैनिक बाकसमा हाम्रो देशको एरर्पोटमा सव आईरहेको हुन्छ ।
सहज र सरल जिवनयापनको सपना मृत्युबरण भएर जान्छ । लुटिने ,कुटिने ,ठगिने ,मुद्दा ,जेल जानू र यतनाकोत केकुरा है । तपाईं हामीले दैनिक जस्तो सामाजिक संञ्जाल पत्रपत्रिका रेडियो टेलिभिजन लगाएतमा खबर प्राप्त गरिरहेका हुन्छौं । धेरै सपना र सबै पिडा लुकाएर मृत्युसँग लड्छ प्रदेशी सपनाको संसारको सास फेर्न निडर भइ श्रमगरी रहेको प्रदेशी परिवारको सपना र जिन्दगीको लक्ष्य पुरागर्न सफलताको शिखर चुम्ने सपनामा हन्छ प्रदेशी प्यास ,तिर्खा ,थकान ,भोक निद्रा नभनेर केवल लक्ष्यपरिपुर्ण गर्न लागि परेक चर्को घाम धुवा, धुलो , अधि,हुरी ,हिलो ,पानीमा पनि खट्छ प्रदेशी आमा, बाबा ,परिवार छोराछोरी गाउँ समाजलाई याद मात्र बोकी पिडाबोद्ध गरि रहेको हुन्छ प्रदेशी ।
अनेकौं सपनाका गाथा बोल्दै जीवननिर्वाह सँग जुधेको हुन्छन आफ्नै जीवन काहानि कथाले भरिएर बलि रहेको बत्ती झै हो। बत्ति र तेल सुकेझै आफ्नो भविष्य अध्यारो भए पनि परिवारको सुनौलो भविष्यका लागी सास बाँकी हुँदासम्म उज्यालो हुन्छ प्रदेशी निरन्तर पसिना बगाई नङग्रा खिहाइ रहने प्रदेशी नदिमा ढुंगा चलाउने ‘माँझी’ हो ।
“धोती मैलि टोपी मैलि धोईदिने कोई छैन।
पाराई देश मरनेको रोईदिने कोई छैन” ।।
साच्चिकै गित ले भने अनुसार लुगा कपटा धोई दिने खाना पकाई दिने र खाना खाने त के कुरा मरे पनि दुई थोपा आँसु समेत खसालिदिने को छर है प्रदेशीको प्रदेशमा । यस्तै गाएक सुरेश शाही ले प्रदेशिको लागि गित गाएका छन ,
“पैसा ल्या साउ भन्नो ।
धनचाईयो घरवाली भन्नी ।
काखको भाउ भन्नो ,
आईजा बुवा गलि गली शरिरको रगतलाई पसिना र पसिनालाई रगत बनाएर बिरानो बस्तीमा सपनाको दरबार बनाउदै दु:ख पिडा ,अभाव ,दबाव र प्रभाव संगै खेल्ने एक साहसी योद्धा हो प्रदेशी, बर्षौ देखि चुएको घरको छानो र फाटेको आमाको चोली र परिवार को गुनियु फेरिदिने सपना बोकेर हिडेको बादल भित्रको हिराको टुक्रा हो प्रदेशी ।
मनमा ” जन्म भूमि सम्झिदा कैहो के हो । कहाँ हो कहाँ चिन्दै नचिनेको देख्दै नदेखेको देश दुनियासँग पसिना बेच्ने साइनो गासेर पिडा हुँदा पनि हासि हासी दौडिन पर्ने सुखिहरूको शहरमा मन मुटुलाई ्बन्द बनाउदै च्यापेर लिलाम बिक्रिमा राखेका रहर भविष्यको लागी सुनौलो सपना कहिले सम्म दौडिरहनु पर्ने हो यो बिरानो मुलुकमा अभागी प्रदेशीलाई । पीडा कस्ले बुझि देला प्रदेशीको । देश ,सरकार , देवि देवता , भगवान । को होला अवस्य भटेर हामी प्रदेशीको पीडा सुनाउने मन्छ ।
प्रतिक्रिया