मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भिरबाट लडेर अछाममा एक जनाको मृत्यु

भिरबाट लडेर अछाममा एक जनाको मृत्यु


अछाम : जिल्लाको पन्चदेवल विनायक नगरपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

नगरपालिकाको वडा नम्बर–५ लयाटीमा खेतको काम सकेर घर फर्किने क्रममा भिरबाट खसेर ४५ वर्षका कमल बहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी प्रसाद भण्डारीले बताए ।  

डिएसपी भण्डारीका अनुसार मृतक शाही घरदेखि पाँच सय मिटरको दुरीमा रहेको बडरुख भन्ने ठाउँमा चिप्लिएर लड्दा सय मिटर तल भिरमा खसेका थिए ।

घाइते अवस्थामा रहेका उनलाई स्थानीयले उद्दारगरी उपचारका लागि दैलेख जिल्लाको राकम लैजाने क्रममा बिच बाटोमै उनको मृत्यु भएको हो । 

मृतक शाहीको शव पोस्टमार्टमका लागि अछाम सदरमुकाम मंगलसैनस्थित जिल्ला अस्पताल ल्याइएको छ ।