मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जन्मदिनको अवसरमा नगर युवा सञ्जाललाई आर्थिक सहयोग

जन्मदिनको अवसरमा नगर युवा सञ्जाललाई आर्थिक सहयोग


अछाम : जिल्ला पञ्चदेवल विनायक नगरपालिका वडा नं ७ का वडाध्यक्ष सुरत बहादुर रावलले युवा संजाललाई आर्थिक सहयोग गरेका छन् ।

पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रवक्ता समेत रहेका रावलले आफ्नो जन्मदिनको अवसरमा नगर युवा सञ्जाललाई ३१५५ रुपैयाँ सहयोग गरेका हुन् ।

नव गठित युवा सञ्जालको कोष निर्माणका र सामाजिक कार्यमा सक्रिय गराउनका लागि सहयोग गरेको उनले बताए ।

जन्मदिनमा फजल खर्च गर्नु भन्दा सामाजिक कार्यमा लगानी गर्नु राम्रो हुने उनको भनाई छ ।

रावल लामो समय शिक्षक पेसा मा रहि हाल प बि न पा ७ को वडा अध्यक्ष हुनुहुन्छ भने उनि सामाजिक क्षेत्रमा पनि सक्रिय छन् ।

उक्त रकम सामाजिक कार्यमा खर्च गरिने नगर युवा सञ्जालका अध्यक्ष सुशील बटालाले बताए ।