मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न सचेत छौ नगर प्रमुख बोहरा

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न सचेत छौ नगर प्रमुख बोहरा


अछाम : मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्नका लागि आफु सचेत रहेको बताउनु भएको छ । नगरपालिका संग सिमित स्रोत साधन हुने र हाम्रा आवश्यक्ताहरु धेरै भएकाले स्वास्थ्य क्षेत्रका समस्याहरु समाधान गर्न नसेकेको भन्दै उहाले तरपनि आफु यस तर्फ सचेत बताउनुभयो ।

सबै क्षेत्रमा समस्या र अभाव छ तर पनि नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथामिता राखेको नगर प्रमुख बोहराको भनाई छ । स्वास्थ्य क्षेत्रमा अहिले देखिएका समस्याहरु समाधान गर्नका लागि संघ र प्रदेश सरकारमा निरन्तर धाईरहेको भन्दै भएको स्रोत साधनलाइ समुचित ढंगले उपयोगगरि उपलब्धी हासिल हुनेगरि कामगर्नुपर्ने सुझाव दिनुभएको छ ।

पालिकामा रहेका अधिकांश स्वास्थ्य संस्थामा भवन नभएको, आवश्यक उपकरण नभएका र दक्ष जनशक्तिको अभाव रहेको गुनासो बढेकाले यि समस्या समाधान गर्नका लागि आफु प्रयत्नशिल रहेको नगर प्रमुख बोहराको भनाई छ । मंगलसेन नगरपालिकामा रहेका स्वास्थ्य संस्थाको आर्थिक बर्ष २०८०÷८१ को बार्षिक समिक्षा कार्यक्रमको समापन समारोहमा बोल्दै उहाले जिल्लाका १० वटै पालिका मध्य उत्कृष्ट पालिका बनाउनेगरि कार्य सम्पदानमा जुट्न कर्मचारीलाई निर्देशन समेत दिनुभएको छ ।

कर्मचारीको मनोवल कमजोर हुने काम नगर्ने भन्दै नगर प्रमुख बोहराले राम्रो गर्ने कर्मचारी र स्वास्थ्य संस्थाको सही तरिकाले मुल्याङन गरिने बताउनुभयो । आफु पटक– पटक नगरपालिकामा रहेका समस्याहरु लिएर संघ र प्रदेश सरकारमा गएपनी कुनैपनी पार्टी नेतृत्वको सरकारले सहयोग नगरेको गुनासो गर्नुभएको छ ।

आज स्थानीय सरकारले सिफासिर गरेका योजनालाई प्रथामिकता दिनु भन्दा पनि प्रदेश सरकारले पार्टी मार्फत योजना आउनुपर्ने अनि मात्रै योजना छनौट हुने गलत अभ्यासको सुरुवात गरेको भन्दै आक्रोस व्यक्त गर्नुभएको छ । राजनितिक दलहरुले स्थानीय सरकारलाई असहयोग गरेको आरोप समेत लगाउनु भएको छ ।

सामाजिक विकास समितिका संयोजक एवं वडा न ३ का अध्यक्ष बृख बहादुर बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उप प्रमुख संगिता रावल सोडारीले आवश्यक्ताको आधारमा स्वास्थ्य संस्थाहरु हुनुपर्ने भन्दै हिजोका दिनमा विभिन्न उदेश्य राखि खोलिएका स्वास्थ्य संस्थाहरु गाभ्नुपर्नेमा जोड दिनुभएको छ । स्वास्थ्य संस्थामा सेवा लिन आउने सेवाग्राही नहुने तर स्वास्थ्य संस्थाहरु स्थापना भएकाले यस तर्फ नगरपालिका पुनरविचार गर्नुपर्नेमा जोड दिनुभएको छ ।

आवश्यक्ताको आधारमा स्वास्थ्य संस्थाहरु राख्नुपर्ने उप प्रमुख रावलको भनाई छ । सोही कार्यक्रममा बोल्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले स्वास्थ्य क्षेत्रमा । अहिले पनि थुप्रै किसिमका समस्याहरु रहेकाले यि समस्या समाधानका लागि सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो आगामी दिनमा थप मेहनत गर्न आवश्यक रहेकाले यस तर्फ नगर सरकार आवश्यक सहयोग गर्न तयार रहेको र यसका लागि प्रमुख जिम्मेवारी स्वास्थ्य संस्थाले लिनुपर्ने सुझाव दिनुभएको छ ।

सबै वडामा सेवाग्राही घटेको तथ्याङक आएकाले सेवाग्राही घटे यसको गुणस्तर बृद्धि हुनुपर्ने बताउनुभयो । समिक्षा कार्यक्रममा सहभागि स्वास्थ्यकर्मीहरुले स्वास्थ्य संस्थामा देखिएका समस्याहरु समाधान गर्नका लागि नगरपालिकाको तर्फबाट आवश्यक स्रोत साधनको व्यवस्थापनका लागि पहल गरिदिन आग्रह गरेका थिए । सोही अवसरमा राम्रो गर्ने स्वास्थ्य संस्थालाई दोसल्ला र प्रमाणपत्र दिएर सम्मान गरिएको थियो ।

यसपालि सबै सुचकहरु पुरा गरेको भन्दै मंगलसेन नगरपालिका वडा न ११ मा रहेको जुपु स्वास्थ्य चौकी प्रथम, कालागाउँ स्वास्थ्य चौकी दोस्रो, ओलीगाउँ स्वास्थ्य चौकी तेस्रो र आधारभुत स्वाथ्य केन्द्र नवबिस चौथो भएका स्वास्थ्य शाखा प्रमुख भूमिनन्द ढुंगानाले जानकारी दिनुभएको छ । सोही आवसरमा स्वास्थ्य क्षेत्रमा राम्रो काम गर्ने स्वास्थ्य व्यवस्थापन समितिलाइ पनि पुरस्कार सहित सम्मान गरिएको छ ।

जस अन्र्तगत वडा न ७ मा रहेको जनालीबण्डाली स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष राज बहादुर शाही, दोस्रो हुने ओलीगाउँ स्वास्थ्यचौकीका अध्यक्ष पदम बहादुर बोहरा, तेस्रो जुपु स्वास्थ्य चौकीका अध्यक्ष नर बहादुर भण्डारी र चौथो बस्ती स्वास्थ्य चौकी बस्तीका अध्यक्ष हिक्मत बहादुर बोगटी हुनु भएको छ । स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्नका लागि वडा बाट उचित बजेटको व्यवस्थापन गरेको, बैठकहरु नियमित राखेको र स्वास्थ्यकर्मीहरुलाइ आवश्यक सहयोग गरेको र पालिकामा रहेको स्वास्थ्य शाखा संग पनि नियमित सम्पर्कमा रहने भएकाले सोही आधारमा सम्मान गरिएको शाखा प्रमुख ढुंगानाले बताउनुभयो ।

समिक्षा कार्यक्रममा १४ वटै वडामा रहेका स्वास्थ्य संस्थाहरुले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल अछाम सहित विभिन्न साझेदार संस्थाहरुले पनि आफुले गरेका कामको अवस्थाका बारेमा प्रस्तुति राखेका थिए । समापन कार्यक्रमको संचालन जनस्वास्थ्य निरिक्षक चन्द्र प्रसाद ढुंगानाले गर्नुभएको थियो ।