मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

परराष्ट्रमन्त्री डा. राणा र राष्ट्रसंघीय उपमहासचिवबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र राष्ट्रसंघीय उपमहासचिवबीच भेटवार्ता


न्युयोर्क (अमेरिका) । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र राष्ट्रसंघीय उपमहासचिव तथा ‘यूएन वुमन’की कार्यकारी निर्देशक सीमा समी स्कन्दर बहुसबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुने क्रममा हाल न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा. राणा र उपमहासचिव सीमाबीच बिहीबार भेटवार्ता भएको हो ।

सो भेटका क्रममा मन्त्री डा. राणाले महिला सशक्तीकरणका क्षेत्रमा यूएन वुमनले विश्वमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरिन् ।

साथै, मन्त्री डा. राणाले नेपाल पनि लैंगिक समानताका क्षेत्रमा यूएन वुमनसँग मिलेर गर्दै आएको कार्यको स्मरण गर्दै आगामी दिनमा थप प्रवर्धन गर्न सदैव तत्पर रहेको बताइन् ।

सो भेटका क्रममा लैंगिक समानता र महिला अधिकारका लागि नेपालमा भएको लामो संघर्ष तथा आफ्नो सक्रिय सहभागिताका बारेमा पनि मन्त्री डा. राणाले उनलाई जानकारी गराएकी थिइन् ।