मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्ला प्रशासन कार्यालय अछामलाई कांग्रेस अछामको ९ बुदे ध्यानार्कषण पत्र

जिल्ला प्रशासन कार्यालय अछामलाई कांग्रेस अछामको ९ बुदे ध्यानार्कषण पत्र


अछाम । नेपाली कांग्रेस अछामले जिल्ला प्रशासन कार्यालय अछामलाई ध्यानाकर्षण पत्र बुझाएको छ । पार्टीका कार्यबाहक सभापती नयाँराम बजगाईको नेतृत्वमा गएको टोलीले ९ बुदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

नजिकिदैँ गरेको चाँडपर्वलाई मध्यनजर गर्दै ज्ञापन पत्र बुझाएको कांग्रेस अछामले जनाएको छ । चाडवाडको समयमा शान्ति सुरक्षाको व्यावस्था मजबुद पार्नुपर्ने, जिल्ला भित्रका मुख्य र सहायक सड्क संरचना मर्मत सम्भारका लागि सहजिकरण गर्नुपर्ने, कालोबजारी र महंगी नियन्त्रणका लागि अनुगुमन गर्नुपर्ने डेंगु लगायतका सरुवा रोग नियन्त्रणका लागि समन्वय सहजकिरण गर्नुपर्ने बुदा रहेका छन् ।

यस्तै जिल्लामा संचालित संघ, प्रदेश र स्थानीय सरकारका महत्वपूर्ण योजनाहरुको गुणस्तर परिक्षण र निर्धारित समयमै निर्माण कार्य सम्पत्र गराउनका लागि आवश्यक पहल कदमी लिनुपर्ने, वर्षाका कारण र अन्य प्राकृतिक प्रकोपले प्रभावित समुदायका घर परिवारको उचित व्यवस्थापन राहात प्रदान गर्न बिशेष पहल गरिनु पर्ने बुदा समेत ध्यानाकर्षण पत्रमा उल्लेख गरिएका छन् ।

चाडपर्वको समयमा जिल्ला भित्र यातायातको भाडा दरमा एकरुपता ल्याउने र सो को प्रभावकारी रुपमा अनुगमन नियमन गरिनु पर्ने, अछाम जिल्लामा प्रस्तावित र निर्माणाधीन अवस्थामा रहेका हाइड्रोपावर क्षेत्रका प्रभावित नागरिकहरुले पाउनु पर्ने मुआब्जा लगायतका बिषयमा आवश्यक समन्वय सहजीकरण गर्नुपर्ने, जिल्लाका सरकारी कार्यालयबाट प्रवाह हुने सेवा छिटो छरितो र व्यवस्थित गर्नुका साथै हुने गरेका अनियमितताका सम्बन्धमा भरपर्दो अनुगमन हुनुपर्ने बुदा राखेर कांग्रेस अछामले जिल्ला प्रशासन कार्यालय अछामलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

यस्तै नेपाली कांग्रेस अछामले सम्पूर्ण जिल्लाबासी तथा देश बिदेशमा रहेका नेपाली आमाबुवा, दाजुभाई तथा दिदिबहिनीहरुलाई आउदै गरेको बडादशैं, शुभ दिपावली तथा छठ पर्वको अवसरमा सबैमा सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ ।