मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य कार्यक्रमकाे प्रगति मूल्याङ्कनमा पञ्चदेवल नगरपालिका प्रथम

स्वास्थ्य कार्यक्रमकाे प्रगति मूल्याङ्कनमा पञ्चदेवल नगरपालिका प्रथम


अछाम : स्वास्थ्य कार्यक्रमहरुकाे प्रगति मुल्यांकनमा पञ्चदेवल विनायक नगरपालिका प्रथम भएको छ । स्वास्थ्य कार्यालय अछामको आर्थिक वर्ष २०८०/०८१ सम्पादित स्वास्थ्य कार्यक्रमकाे मुल्यांकन गर्दा जिल्लामै उत्कृष्ट भएको हाे ।

मंगलबार स्वास्थ्य कार्यालय अछामको सभा हलमा भएको जिल्ला स्तरीय वार्षिक समिक्षा कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले स्वास्थ्य शाखा प्रमुख जनक बुढा लाई प्रमाणपत्र प्रदान गर्दै धन्यवाद ज्ञापन गरेका छन् ।

प्रमुख अतिथि रहेका मन्त्री खड्काले स्वास्थ्य सेवा संगै तथ्यांक अभिलेखमा महत्त्वपूर्ण कार्य गरेकाले पञ्चदेवल विनायक नगरपालिका परिवारलाई धन्यवाद ज्ञापन गरेका हुन् ।

शाखा प्रमुख जनक बहादुर बुढाले यस महत्त्वपूर्ण कार्यमा सहयोग गर्नुहुने नगरप्रमुख,उपप्रमुख ,वडाध्यक्ष , कार्यसम्पादनमा खट्नु हुने सबै स्वास्थ्य चौकीका कर्मचारी , महिला स्वास्थ्य स्वयंसेविका,स्वास्थ्य कार्यालय अछाम लगायत सरोकारवाला सबैजना प्रति आभार सहित धन्यवाद प्रकट गरेका छन् ।