मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेल्लेख गापाले नयां प्रमुख प्रशासकीय अधिकृतलाई बाटो बाटै फर्कायो

मेल्लेख गापाले नयां प्रमुख प्रशासकीय अधिकृतलाई बाटो बाटै फर्कायो


अछाम : जिल्लाको मेल्लेख गाउँपालिकामा नयाँ आएका प्रमुख प्रशासकीय अधिकृतलाई बीच बाटो बाटै फर्काइएको छ ।

गाउँपालिकामा नया आउन लागेका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलिलाई गाउँपालिकामा नआउन भनेको पत्र सार्वजनिक भएको हो ।

गाउँपालिका अध्यक्ष ज्वालासिंह साउदले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लाई नया प्रमुख प्रशासकीय अधिकृत आवश्यक छैन भन्ने आश्यको पत्र पठाएका छन्।

गाउँपालिकामा स्थानिय छैटौं स्वास्थ्य सेवा तर्फका हिक्मत बहादुर बुढाले आर्थिक तथा प्रशासनीक काम काज गरिरहेको र दैनिक कामकाज सहजता भएको भन्दै गाउँपालिकामा आएका प्रमुख प्रशासकीय अधिकृत लाई अन्य कार्यालयमा पठाउन मन्त्रालयमा अध्यक्ष साउदले अनुरोध गरेका छन् ।

यता प्रमुख प्रशासकीय अधिकृत नवराज ओलिले आफू दैनिक प्रशासनिक कामकाजमा खटिनको लागि अछाम आइरहेको बेला बीच बाटोमा नआउनु भन्ने खबर पाएको बताए ।

मन्त्रालयले पठाइसकेपछी अछामको दुर्गम ठाउँका नागरिक लाई सेवा दिन आउँदा स्थानीय तहका जनप्रतिनिधिले बीच बाटो बाटै कर्मचारी लाई फर्काउनुले कर्मचारीहरुको मनोबल कमजोर पार्ने काम भएको बताए ।

गाउँपालिका अध्यक्षले मन्त्रालयलाई पठाएको पत्रको बारेमा आफुलाइ र मन्त्रालयलाई कुनै जानकारी नभएको ओलिले बताए ।

गाउँपालिकामा दरबन्दी बमोजिमको संघिय शाखा अधिकृत लाई मन्त्रालयले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रूपमा पठाउदा स्थानीय तहका जनप्रतिनिधि हरुले आएका कार्यालय प्रमुखहरुले आफुले भने अनुसार गर्न नपाईने भन्ने डरले आउन नदिएको स्थानियको बुझाई छ ।

यस विषयको बारेमा अध्यक्ष साउदलाई बूझदा सकारले कर्मचारी खाली भएको बेला मात्र पठाउने आवश्यक पर्दा फिर्ता बोलाउने र नया आएका कर्मचारी पनि ३ महिना बढी नबस्ने गरेका कारण सेवीग्राहीको काम प्रभावित हुने भएकाले पत्र लेखेको स्वीकार गरे ।

यस्तो छ मन्त्रालय लाई गाउँपालिका अध्यक्षले पठाइएको पत्र :