मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम देखि धनगढीका लागि बिद्युतिय (ईभी) गाडी सञ्चालन, दैनिक ४ गाडी चल्ने

अछाम देखि धनगढीका लागि बिद्युतिय (ईभी) गाडी सञ्चालन, दैनिक ४ गाडी चल्ने


अछाम ः बुढीगंगा यातायात प्रा.लि. अछामले जिल्लामा नयाँ बिद्युतिय गाडी सञ्चालनमा ल्याएको छ । अछाम देखि धनगढी सम्मका लागि सार्वजनिक यातायातका रुपमा बिद्युतिय गाडी सञ्चालनमा ल्याएको हो ।

हालै दर्ता भएको बुढीगंगा यातायात प्रा.लि. अछामले सञ्चालन गर्ने गरि ६ वटा बिद्युतिय गाडी सञ्चालनमा आएका प्रा.लि.का अध्यक्ष भरत खड्काले बताए । २०८१ सालको बडा दशैको पहिलो घटस्थापनाको अवसर पारेर बिद्यिवत रुपमा बुढीगंगा यातायात प्रा.लि. मार्फत बिद्युतिय गाडी सञ्चालनमा ल्याईएको उनले बताए । ५ वटा गाडी पुगिसकेको र एउटा पुग्ने क्रममा रहेको समेत उनले जानकारी दिए ।

दैनिक रुपमा अछामको सदरमुकाम मंगलसेन हुदै प्रमुख व्यापारिक केन्द्र साँफेबगरबाट धनगढीका लागि बिहान ७ बजे २ वटा बिद्युतिय गाडी छुट्ने र धनगढीबाट अछामका लागि पनि सोही समयमा २ वटा गाडी छुट्ने बुढीगंगा यातायात प्रा.लि.का महासचिव कृष्ण कुवँरले बताए । अछाम धनगढी रुटको लागि हाल १३०० रुपयाँ भाडादर समेत कायम गरिएको कुवँरले जानकारी दिए । प्रा.लि.ले सुरुमा बिभिन्न व्यावसायिक साझेदारका ६ वटा गाडी सञ्चालन गर्नेछ भने पछि अन्य गाडीहरु समेत आवद्ध गर्न सकिने उनले बताए ।

दिवा सेवामा अछामबाट एक मात्र बस धनगडीका लागि छुट्ने र सबै यात्रु बसमा यात्रा गर्न कठिन भईरहेका बेला नयाँ बिद्युतिय गाडी सञ्चालनमा आउनुले यात्रुहरुलाई सहजता मिल्ने बिश्वास गरिएको छ । यस्तै हाल भाडादरमा सञ्चालन भईरहेका स्कारपियोहरुले महंगो भाडा लिने गरेका कारण समेत यात्रुलाई सास्ती भईरहेका बेला सर्भसुलभ दरमा बिद्युतिय गाडी सञ्चालन आउनुले समेत स्थानीय सेवाग्राही हर्षित भएका छन ।

बिद्युतिय गाडीका लागि प्रा.लि.को आफ्नै चार्जिंग स्टेशन

प्रा.ली.ले बिद्युतिय गाडीको लागि आवश्यक पर्ने चार्जको व्यावस्था गर्न आफ्नै मातहतमा चार्जिंग स्टेशन समेत सञ्चालनमा ल्याएको छ । साँफेबगर हाटबजार क्षेत्रमा बिद्युतिय गाडी चार्ज गर्न मिन्ने स्टेशन सञ्चालनमा ल्याएको हो । बिद्यूत प्राधिकरण अछाम बितरण केन्द्र संग सहकार्य गर्दै प्रा.ली.को आफ्नै लागतमा चार्जिंग स्टेशन तयार पारेको हो । सोको रेखदेख प्रा.ली. आफैले गर्नेछ भने अन्य बिद्युतिय गाडी चार्ज गर्न आएका नियमानुसर लाग्ने शुल्क लिएर चार्ज गर्न सकिने समेत बताएको छ ।

घटस्थापनाको अवसर पारेर औपचाीरक सुभारम्भ, मन्त्री खड्का द्धारा सफलताको शुभकामना व्यक्त

बिहिबार एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले प्रा.लि. बिद्युतिय गाडी र चार्जिंग स्टेशनको एकसाथ उद्घाटन गर्दै सुरुवात गरे । उद्घाटन पश्चात बोल्दै कार्यक्रमका प्रमुख अथिति मन्त्री खड्काले बिद्युयित गाडी सञ्चालनमा आएसंगै यात्रुहरुलाई सहजता मिल्ने बिश्वास व्यक्त गरे ।

सर्भसुलभ रुपमा धनगढीबाट अछाम आउने र अछाम बाट धनगढी जाने नागरिकका सजिलो हुने भन्दै सफलताको शुभकामना व्यक्त गरे । निजि क्षेत्र, सहकारी क्षेत्र र सरकारको सयूक्त प्रयास बाट नै देश, समाज विकास हुने भएकाले निजि क्षेत्रलाई पनि प्रोत्साहित गर्नुपर्ने कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री समेत रहेका मन्त्री खड्काले बताए ।

प्रा.लि. का अध्यक्ष भरत खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अथिति साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुवँर, प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल रहेका थिए । उद्घाटन कार्यक्रममा जनप्रतिनिधी, सुरक्षा निकायका प्रमुख, राजनितिक दलका प्रमुख प्रतिनिधी, उद्योग वाणिज्य संघ, निर्माण व्यावसायी संघका पदाधिकारी, समाजसेवी, व्यावसायी, लगायतको सहभागिता रहेको थियो ।

प्रा.लीका सदस्य एवंम उद्योग वाणिज्य संघ अछामका अध्यक्ष बम बहादुर रावलको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव कृष्ण कुवँरले गरेका थिए ।