मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाक नेपालको १० वटा परियोजना मार्फत एक वर्षमा पौने १५ करोड खर्च

वाक नेपालको १० वटा परियोजना मार्फत एक वर्षमा पौने १५ करोड खर्च


साँफेबगर। सामाजिक क्षेत्रमा अग्रणी संस्था पहुँच र सृजनाका लागि सहकार्य नेपाल (वाक नेपाल)ले गत आर्थिक वर्ष ०८०/८१ मा सम्पन्न गरेका गतिविधिहरू पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। बिहीबार साँफेबगरमा पत्रकार सम्मेलन गरी वाक नेपालले एक वर्षको अवधिमा विभिन्न परियोजना मार्फत सम्पन्न गरेका गतिविधिहरु सार्वजनिक गरेको हो।

एक वर्षको अवधिमा विभिन्न १० वटा परियोजनामार्फत अछामका सबै पालिका तथा डोटीका विभिन्न सात वटा वडामा काम गरेको वाक नेपालका कार्यक्रम व्यवस्थापक चेतराज जोशीले जानकारी दिए। जोशीका अनुसार विभिन्न दातृ निकायको सहयोगमा पावर परियोजना, एचआईभी एड्स परियोजना, एचआईभी टिवी परियोजना, एकीकृत उत्थानशिल जीविकोपार्जन तथा पोषण परियोजना, सेवा परियोजना, समुदायमा आधारीत विपद् जोखिम न्यूनिकरण परियोजना, महिला सशक्तिकरण तथा वाल अधिकार संरक्षण परियोजना, स्थानयी कृषि उपजमा आधारित विद्यालय दिवा खाजा कार्यक्रम, युरेका परियोजना र भकारी परियोजाना संचालनमा छन्।

ती परियोजना मार्फत जनताको जीवनस्तर माथि उकास्ने, उद्यमशील बनाउने, स्वास्थ्य संस्थाहरुमा आवश्यक उपकरणहरु सहयोग गर्ने लगायतका कार्यहरु सम्पन्न भएका उनले जानकारी दिए। कुल १५ करोड ४३ लाख ८० लाख २८२ कुल बजेट रहेकोमा १४ करोड ७६ लाख ५३ हजार ६२६ रुपैयाँ यस अवधिमा खर्च भएको सो अवसरमा जानकारी दिइयो।

चालु आर्थिक वर्षमा जारी नियमित परियोजना तथा सो अन्तर्गतका क्रियाकलापहरुमा गुणस्तर अभिवृद्धि गर्ने, संस्थाको श्रोत वृद्धि गरि कम्तिमा ३ वटा नयाँ परियोजनाहरु मार्फत समुदायको समाजिक रुपान्तरणको क्षेत्र वृद्धि गर्ने, विभिन्न तहको सरकार र सरोकारवालाहरुसँग समन्वय तथा सहकार्य विस्तार गरि सरकारको नीति तथा कार्यक्रम अनुकुलका क्रियाकलापहरु गर्ने, जलवायु परिवर्तनको बढ्दो असरलाई मध्येनजर गर्दै सोबाट हुने क्षति न्यूनिकरण तथा समुदायको उत्थानशिलताका क्षेत्रमा परियोजनाहरु सञ्चालन गर्ने लगायतका योजना रहेको साे अवसरमा जानकारी दिइयो।

यस्तै एचआईभी संक्रमण न्युनिकरण तथा संक्रमितहरुको दीर्घ जीवन, सम्मानित जीवनका क्षेत्रका कार्यहरु गर्ने, महिला तथा बालबालिकाहरुको पोषण सुधारका लागि करेसाबारी, जलवायुमैत्री कृर्षी, रैथाने बाली प्रवर्द्धन, आयआर्जनमा सहयोग लगायताका प्रयासहरु गरिने योजना संस्थाको छ। समुदायमा रहेका अति गरिब महिलाहरुको सामाजिक, आर्थिक र राजनीतिक शसक्तिकरण सम्बन्धी गतिविधिहरु सञ्चालन गर्ने, यूवा तथा किशोर किशोरीलाई सरसफाई, शिक्षा, सिप विकास तथा उद्यमशिलता विकास मार्फत स्वोरोजगारमूलक कार्यक्रमहरु कार्यान्वयन गर्ने, हासिल गरिएका उपलब्धीहरुको सार्वजनिकिकरण, दिगोपनाका लागि सञ्चारक्षेत्रसँग हातेमालो तथा मिडियाहरुको संलग्नताको दायरा फराकिलो बनाउन योजना निर्माणमा समावेश हुने गरि साँझेदारसँग पहल गर्ने योजना पनि संस्थाको रहेको सो अवसरमा जानकारी दिइयो।

यस्तै  विपद जोखिम न्यूनिकरणका लागि संस्था, सरोकारवालाहरु र समुदायको क्षमता विकास तथा प्रणालीहरु सुदृढिकरणका क्रियाकलापहरु गर्ने योजना रहेको सो अवसरमा जानकारी दिइयो। पत्रकारहरुले संस्थाको सुधारका लागि विभिन्न सुझावहरु दिएका थिए। कार्यक्रममा संस्थाका अध्यक्ष मीन बहादुर कुँवरले प्रदान गरिएका सल्लाह सुझाव संस्थालाई मार्गदर्शनको रुपमा प्राप्त भएको बताए। उनले सुझावहरु आगामी कार्ययोजनामा समावेश गर्ने प्रयास गरिने जनाए।