मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अपाङ्गता समावेशी प्रारम्भिक बालबिकास तथा शिक्षा कार्यक्रमको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

अपाङ्गता समावेशी प्रारम्भिक बालबिकास तथा शिक्षा कार्यक्रमको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न


अछाम । मंगलसेन नगरपालिकामा संचालित अपाङ्गता समावेशी प्रारम्भिक बालबिकास तथा शिक्षा कार्यक्रमको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । ह्यान्डिक्याप इन्टरनेशनल फेडरेशन र युुनिसेफको सहयोग तथा सेतो गुरास राष्ट्रिय बालविकास सेवा मार्फत मगलसेन नगरपालिकामा संचालित प्रारम्भिक बाल शिक्षा र विकासमा अपाङ्गता भएका बालबालिकाको समावेशीकरणलाई बलियो बनाउने उद्देश्यका संचालित कार्यक्रमको समिक्षा सहित सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

सन २०२३ मे १ देखि नगरका १४ वटै वडाका बालबिकास केन्द्रमा भएका कार्यको समिक्षा गरिएको हो । परीक्षण कार्यक्रममा बोल्दै मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले नगरका बालबिकास केन्द्रमा कार्यक्रम संचालन भएपछी निकै उपलब्धी भएको बताउनु भयो । हरेक कार्यक्रमको उपलब्धी दिगोपनाका देखिने भएकाले हरेक अभिभावक तथा बालबिकास शिक्षकले कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनु भयो ।

अझै आगामी जगबाट नै शिक्षालाई बलियो बनाउनका लागि नगरबाट निरन्तर सहयोग रहने बताउनु भयो । कार्यक्रममा मंगलसेन नगरपालिका वडा नम्बर ३ का अध्यक्ष र नगरपालिका शिक्षा अधिकृत जगत बहादुर रावलले सेतो गुरास मार्फत संचालन भएका कार्यक्रम उपलब्धी मुलक रहेका बताउनु भयो । संस्थाको कार्यक्रमले बालबिकास केन्द्रमा सहयोग तथा व्यावस्थापनमा आफ्नो वडा तथा शाखामा मार्फत सहयोग भएकाले उहाँहरुले बताउनु भयो ।

सामाजिक परिक्षण कार्यक्रममा मे १ सन २०२३ देखि हालसम्म संचालन भएका नगरपालिकामा बालविकास केन्द्रमा अपाङ्गता समाबेशी विधि, प्रक्रिया र अभ्यास प्रबर्धन नगरपालिकाका जनप्रतिनिधी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, प्रधानाध्यापक, शिक्षक र बालबिकास शिक्षकलाई भएका तालिम उपलब्धीका बारेमा ह्यान्डिक्याप इन्टरनेशनल फेडरेशन अछामका प्रमुख भोजसिँह खड्काले जानकारी गराउनु भएको थियो ।

साथै खड्काले बालबालिकाको क्षेत्रमा २ हजार ७ सय २१ जना बालबालिकाको सुरुमा प्रारम्भिक पहिचान, १ सय १५ जना बालबालिकाको कार्यगत सिमितता पहिचान, नगरका ५० बालबालिकालाई स्वास्थ्य चेकअप गरि १ जनालाई सहायक सामाग्री अपांङ्गता कार्ड र १३ जना विद्यालय बाहिर रहेका बालबालिकाको प्रारम्भिक पहिचान गरि ४ जना विद्यालय बाहिर रहेका बालबालिकाको बिद्यालयमा भर्ना समेत गरिएको जानकारी गराउनु भयो ।

करिब २ बर्षको अवधिमा २ करोड आर्थिक रकम मार्फत विभिन्न क्षेत्रमा खर्च सहित गरिएको कार्यक्रममा जानकारी ह्यान्डिक्याप इन्टरनेशनल फेडरेशन रमेश साङतानले गराउनु भयो भने सहजिकरण कमल रावलले गर्नु भएको हो ।