मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरिताका परिवारलाई स्वदेश तथा बिदेशबाट ३ लाख ४४ हजार आर्थिक सहयोग

सरिताका परिवारलाई स्वदेश तथा बिदेशबाट ३ लाख ४४ हजार आर्थिक सहयोग


अछाम ः अत्याधिक रक्तश्राव हुदाँ उपचार नपाएर ज्यान गुमाएकी अछामको ढकारी गाँउपालिका वडा नं. ८ की २९ बर्षिय सरिता जैशीका परिवार लाई आर्थिक सहयोग जुटिरहेको छ ।

स्वदेश तथा बिदेशबाट उनका आश्रित परिवारलाई सहयोग जुटिरहेको हो । यो समाचार तयार पार्दा सम्म ३ लाख ४४ हजार जिल्ला भन्दा बाहिरबाट सहयोग उठेको छ । जिल्ला भित्र पनि सरिताका परिवारको लागि सहयोग जुटिरहेको छ ।

ऑखा नदेख्ने ३० वर्षीय टंकप्रसाद जैसी र उनका छोरीछोरी तथा नवजात शिशुको सहयोगार्थ बिभिन्न अभियान्ताहरुले सहयोगका लागि अपिल गरेका थिए । पूर्व सचिव सामाजिक अभियान्ता भिम उपाध्याय, प्रकाश सिंह, ईशा गुरुग, पत्रकार भानुभक्त आचार्य लगायतले सहयोगका लागि सामाजिक सञ्जाल मार्फत अपिल गरेका थिए ।

अत्यधिक रक्तिश्राब भएर ज्यान गुमाएकी सरिताका आखाँ नदेख्ने ३० बर्षिय श्रीमान, नवजात शिशु, एक छोरी र २ छोराहरू छन् ।

https://www.facebook.com/photo?fbid=1544835759480416&set=a.107961589834514